मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ दिल्ली  एजेन्सी 
२०७६ पौष २१ सोमबार १८:०६:००
Read Time : < 1 मिनेट
सप्तरंग

आयुष्मान खुरानाको कविता : सबै भन्दा ठूलो मानवता  

Read Time : < 1 मिनेट
नयाँ दिल्ली  एजेन्सी 
२०७६ पौष २१ सोमबार १८:०६:००

दिल्लीको जवाहरलाल नेहरू युनिभर्सिटीमा (जेएनयु)मा नकाव लगाएका केही व्यक्तिले विद्यार्थीमाथि गरेको आक्रमणको बलिउडका नायकले विरोध जनाएका छन् । आक्रमणको भिडियो सार्वजनिक भएपछि यसको सर्वत्र विरोध भइरहेको बेला बलिउडका चर्चित नायक आयुष्मान खुरानाले लोकतन्त्रमा मानवता भन्दा ठूलो केही नहुने बताएका हुन् । भिडियोमा नकाव लगाएका व्यक्तिले विद्यार्थीलाई कुटिपिट गरेको स्पष्ट देखिन्छ । 

खुरानाले सो घटनापछि एउटा कविता नै लेखेर सामाजिक संजालमा सेयर गरेका छन् । उनको कवितामा मानवता भन्दा ठूलो केही हुँदैन भन्ने सन्देश छ । लोकतन्त्रमा धर्म, धन ठूलो नभएको उनले कवितामार्फत व्यक्त गरेका छन् । कसैको अलग सोचलाई कुल्चन नहुने उनले सन्देश दिएका छन् ।

इंसानियत से बड़ा कुछ नहीं
धर्म नहीं, सियासत नहीं.
धन नहीं, विरासत नहीं.
किसी की हो सोच नई,
हो अलग तो अलग सही,
पर तुझे उस सोच को नोचने का हक़ नहीं,
यही भारत का लोकतंत्र है,
और इसमें किसी को शक़ नहीं।
- आयुष्मान @ayushmannk