मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश दवाडी  काठमाडौं
२०७६ पौष २१ सोमबार १७:१९:००
Read Time : < 1 मिनेट
समाचार

भातृ एवं शुभेच्छुक संस्थाको अधिवेशन गराउन देउवालाई ध्यानाकर्षण पत्र

Read Time : < 1 मिनेट
रमेश दवाडी  काठमाडौं
२०७६ पौष २१ सोमबार १७:१९:००

नेपाल महिला संघकी केन्द्रीय महासचिव धना खतिवडाले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र लेख्दै पार्टीका भातृ एवम् शुभेच्छुक संस्थाको अधिवेशन गराउन माग गरेकी छिन् । 

पार्टीमा देखिएको विवादले पार्टी धरासायी हुने बताउँदै तत्काल समाधान गरेर १४ औं महाधिवेशन अहिले प्रस्तावितभन्दा अगाडि नै गर्न पत्रमा ध्यानाकर्षण गराइएको छ । 

‘पार्टी केन्द्रमा हाल उत्पन्न विवाद बढ्दै गएमा पार्टी संकटग्रस्त भइ धरासायी हुने सम्भावना देखिएको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘त्यसैले सबै समस्या तत्काल समाधान गरी पार्टीलाई एक ढिक्का गराएर महाधिवेशनमा केन्द्रित हुने माहोल सिर्जना गर्न आग्रह गर्दछौं ।’

पत्रमा सदन र सडकमा कांग्रेस कमजोर हुँदा यसको फाइदा नेकपा नेतृत्वको सरकारले लिइरहेको पनि उल्लेख छ ।