मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दिपेन्द्र ढुंगना काठमाडौं
२०७६ पौष २१ सोमबार १६:२८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

प्रदेश ३ को नाम 'नेवा: ताम्सालिङ' राख्न माग गर्दै काठमाडौंमा विरोध

Read Time : < 1 मिनेट
दिपेन्द्र ढुंगना काठमाडौं
२०७६ पौष २१ सोमबार १६:२८:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती राखेकाे भन्दै विरोध भएकाे छ । बागमती नामले प्रदेश ३ को पहिचानकाे नहुने भन्दै नेवार संघ संगठन, नेपाल आदिवासी जनजाति महासंघलगायतले काठमाडौंकाे माइतीघर मण्डलामा विराेध जनाएका हुन् ।

उनीहरुले सरकार पञ्चायतकालीन युगतर्फ जान लागिरहेकाे भन्दै प्रदेश ३ को ऐतिहासिक सांस्कृति पहिचानलाई समेटने गरी 'नेवा: ताम्सालिङ' राख्न माग राखेका छन् । उनीहरुले नेकपा सचिवालयले प्रदेश सरकारको अधिकार हनन गरेकाे भन्दै प्रदेशकाे नामाकरण आफूहरुलाई मान्य नहुने बताए ।