मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ पौष २१ सोमबार १२:१०:००
Read Time : < 1 मिनेट
समाचार

साग विजेतालाई साउदलाई नगरपालिकाको सम्मान 

Read Time : < 1 मिनेट
२०७६ पौष २१ सोमबार १२:१०:००

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) विजेता खेलाडी किरण साउदलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले सम्मान गरेको छ । साउदलाई नेपाली राष्ट्रिय झण्डा, ढाका टोपी, प्रशंसा पत्रका साथै एक लाख, एक हजार एक सय ११ रुपैयाँ प्रदान गरिएको छ । 

शुक्लाफाँटा नगरपालिका १२ कालागौडी निवासी साउदले साग प्रतियोगिताको उस्सुतर्फ कास्य पदक जितेका थिए । 

साउद शुक्लफाँटा नगरपालिकाको स्थानीय भएकाले उनको सम्मान र खेलकुदको विकासका लागि भन्दै पुरस्कारका साथै सम्मान गरिएको नगरपालिकाले जनाएको छ । शुक्लाफाँटा नगरका प्रवक्ता जगतबहादुर सिंहले खेलकुदको विकास र खेलाडीको हौसलाका लागि सम्मान गरिएको बताए । 

नगरपालिकाले सम्मान गरेपछि आफुलाई खेल क्षेत्रमा थप हैसला प्रदान भएको साउदले बताए ।