मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ पौष २१ सोमबार ०७:१८:००
Read Time : > 1 मिनेट
खेलकुद

बार्सिलोनामाथि दबाब राख्दै रियल 

Read Time : > 1 मिनेट
२०७६ पौष २१ सोमबार ०७:१८:००

स्पेनिस ला लिगामा रियल म्याड्रिडले साबिक विजेता बार्सिलोनामाथि शीर्ष स्थानमा दबाब राखेको छ । ला लिगाअन्तर्गत शनिबार राति रियलले गेटाफेमाथि ३–० को जित निकाल्यो । त्यही नै बार्सिलोनाले इस्पानोलसँग २–२ को बराबरी खेल्यो । बराबरी नतिजासँगै बार्सिलोनाले शीर्ष स्थानमा रियलमाथि स्पष्ट दुई अंकको अग्रता लिन चुक्यो । लिगमा १९ खेलपछि बार्सिलोनाले शीर्ष स्थानमा ४० अंक जोड्यो । दोस्रो स्थानमा रहेको रियलले समान खेलबाट ४० अंक बटुलेको छ । 

बार्सिलोनाले रियलमाथि दुई गोलअन्तर लिएको छ । अन्तिम समयमा लीले गोल गरेपछि बार्सिलोनाले अंक बाँड्न बाध्य भयो । खेलको ८८औँ मिनेटमा लीले डी बक्सभित्र आकर्षक गोल गर्दा इस्पोनलले बार्सिलोनालाई २–२ को बराबरीमा रोक्यो । खेलमा इस्पोनलले नै अग्रता लिएको थियो । खेलको २३औँ मिनेटमा डेभिड लुइसले बार्सिलोनाका खेलाडी सेट हुन नपाउँदै इस्पोनललाई १–० को अग्रता दिलाएका थिए । 

त्यसपछि लुइस सुआरेज र अर्टुरो भिडालले व्यक्तिगत एक–एक गोल गर्दा बार्सिलोनाले मध्यान्तरपछि २–१ को अग्रता लियो । खेलको ७५औँ मिनेटमा बार्सिलोना दश खेलाडीमा सीमित भयो । डे जोङले सीधै रातो कार्ड व्योहोरी मैदानबाट बाहिरिँदा साबिक विजेता बार्सिलोनाले बाँकी समयमा दश खेलाडीमै प्रतिस्पर्धा गरेको थियो । त्यसको फाइदा इस्पोनले लियो । खेल सकिन दुई मिनेट मात्र बाँकी रहँदा ऊ लीले सहजै बराबरी गोल फर्काउन सफल भए । 

प्रतिस्पर्धामा बार्सिलोनाले पहिलो सेटमै स्टार खेलाडीलाई उतारेको थियो । कप्तान लियोनल मेसी, एन्टोनियो ग्रिजम्यान तथा इभान राकिटिकले पहिलो हाफमा खासै प्रभावशाली प्रदर्शन गर्न सकेनन् । खेलको ४५ औँ मिनेटमा भिडालले राकिटिकलाई र खेलको ८०औँ मिनेटमा सेमेडोे ग्रिजम्यानाई विस्थापन गरेका थिए । दुई खेलाडी बाहिरिएसँगै बार्सिलोनाले खेलमा पकड बनायो । 

यता घरेलु मैदान रियलले गेटाफेमाथि सहज जित निकाल्ने क्रममा भारानेले दुई तथा लुका मोड्रिकले एक गोल गरे । खेलको ३४औँ मिनेटमा गेटाफेका गोलरक्षक डेभिड सोरियाको गल्तीमा सेन्टर ब्याक राफएल भारानले रियललाई १–० को अग्रता दिलाए । फर्लान्ड मेन्डीको गोल प्रयासलाई गेटाफेका गोलरक्षक डेभिडले क्रसबारबाट क्लियर गर्न खोजेका थिए । तर, उनले बललाई राम्रोसँग ग्रिपमा लिन नसक्दा भारानले अग्रता गोल गरे । 

दोस्रो हाफमा रियलका गोलरक्षक थिबाउट काउटोरिसले उत्कृष्ट बचाउ गरेको केही क्षणमै भारानले रियललाई २–० को अग्रता दिलाए । मिडफिल्डर टोनी क्रुजले डी बक्सबाहिरबाट उत्कृष्ट फ्री किक गोल गर्दा रियल ३–० ले विजयी भयो । ला लिगाअन्तर्गत अर्को खेलमा एट्लेटिको म्याड्रिले लाभेन्टेलाई २–१ ले हराएको छ । जितसँगै एट्लेटिको ३५ अंकका साथ तेस्रो स्थानमा छ । गेटाफेले एक स्थान गुमाएको छ । गेटाफे ३० अंकसहित सातौँ स्थानमा छ ।