मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
बिष्णु शर्मा दैलेख
२०७६ पौष २० आइतबार २१:३१:००
Read Time : < 1 मिनेट
समाचार

कांग्रेसद्वारा मेयरको कार्यकक्षमा तालाबन्दी

Read Time : < 1 मिनेट
बिष्णु शर्मा दैलेख
२०७६ पौष २० आइतबार २१:३१:००

नगरपालिकाद्वारा सञ्चालित विभिन्न विकास कार्यमा अनियमितता भएको आरोप लगाउँदै कांग्रेसले चामुण्डा बिन्द्रासैनी नगरपालिकाको मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

नगरपालिकाको कामकारबाही प्रभावकारी नभएको र लामो समयदेखि गुणस्तरीय काम गर्न सुझाव दिँदा पनि अटेर गरेपछि बाध्य भएर तालाबन्दी गरिएको कांग्रेस नेता गणेश शाहीले बताए । ‘मजुवा खानेपानीमा भ्रष्टाचार भएको छ,’ उनले भने, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण र गरिबसँग विश्वेश्वर कार्यक्रम पनि मेयर निकटका मानिसहरूमार्फत सञ्चालन गरेर अनियमितता गरिएको छ ।’

पटक–पटक सुशासन र पारदर्शिता कायम गर्न आग्रह गर्दा पनि सुनुवाई नभएपछि तालाबन्दी गरिएको वार्ता टोलीका संयोजक राजेश शाहीले बताए । कांग्रेसका नगर सभापति जगतबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दुईपटक वार्ताको प्रयास गरिए पनि मेयरले वास्ता नगरेकाले बाध्य भएर तालाबन्दी गरिएको उल्लेख छ ।

मेयर सूर्यबहादुर शाहीले भने आरोप सत्य नभएको भन्दै वार्ताका माध्यमबाट समस्याको समाधान खोज्ने प्रयास भइरहेको बताए । मेयर सूर्यबहादुर शाही दैलेख सदरमुकाम आएका छन् भने प्रमुख प्रशासकीय अधिकृत बिदामा छन् । दुवै जना नभएको बेलामा तालाबन्दी गरिएको हो । तर मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला प्रहरीले खोलेको छ ।