Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
मीना बुढाथोकी सल्यान
२०७६ पौष २० आइतबार १८:०७:००
Read Time : < 1 मिनेट
समाचार

छाप–खोरबारे मोटरबाटो निर्माण सुरु

Read Time : < 1 मिनेट
मीना बुढाथोकी सल्यान
२०७६ पौष २० आइतबार १८:०७:००

खोरबारेबाट तरकारी उत्पादनका लागि प्रख्यात जिल्लाको दुर्गम कपुरकोट गाउँपालिकाको वडा नम्बर १ छापसम्म मोटरबाटो निर्माण सुरु भएको छ ।

आइतबारबाट मोटरबाटो निर्माण सुरु गरिएको मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष धनबहादुर रानाले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले मोटरबाटो निर्माणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कपुरकोट–१ को लामपोखरा जोड्ने लक्ष्यका साथ मोटरबाटो निर्माण गर्न थालिएको हो ।

मोटरबाटो निर्माण कार्यको शुभारम्भ गर्दै गाउँपालिका उपाध्यक्ष तिला बुढामगरले समयमै निर्माण कार्य पूरा गर्न निर्माण व्यवसायीलाई आग्रह गरिन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले गुणस्तरीय र पारदर्शी ढंगले योजना सञ्चालन गर्न आग्रह गरे । वडाध्यक्ष बलराम खड्काले भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताए ।

तरकारी उत्पादनका लागि प्रसिद्ध कपुरकोटका ग्रामीण बस्तीमा मोटरबाटो पुग्ने भएपछि विकासका अन्य सम्भावनाका ढोका पनि खुल्ने भन्दै स्थानीय भीमबहादुर रानाले खुसी व्यक्त गरे । ‘हाम्रो गाउँबस्तीको मुख्य उत्पादन नै तरकारी हो,’ उनले भने, ‘गाउँ मै सडक पुग्ने भएपछि तरकारी बिक्री गर्न सजिलो हुने भयो ।’ तरकारी बोकेर बजारसम्म पु¥याउन कठिन हुने र समयमै पु¥याउन पनि नसकिने बाध्यताबाट मुक्ति मिल्ने उनको भनाइ छ ।