१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष २० आइतबार १४:०९:००
Read Time : > 1 मिनेट
सप्तरंग

कामना फिल्म अवार्ड : प्रसाद, विपीन र नम्रता सर्वोत्कृष्ट

Read Time : > 1 मिनेट
२०७६ पौष २० आइतबार १४:०९:००

कामना फिल्म अवार्ड २०७६ को सर्वोकृष्ट चलचित्रको अवार्ड ‘प्रसाद’ले चुमेको छ । जुरीको ९० र भोटिङको १० प्रतिशत अंकका आधारमा प्रसादले अवार्ड पाएको हो । 

शनिबार ललितपुरस्थित हेरीटेज गार्डेनमा भएको अवार्ड कार्यक्रममा प्रतिस्पर्धात्मक २६ विधा र अन्य  ९ गरी  कुल ३५ विधामा अवार्ड प्रदान गरिएको थियो । लोकप्रिय १४ विधामा भने भोटिङको व्यवस्था गरिएको थियो । 

१० विधाको मनोनयमा परेको ‘प्रसाद’ले अवार्डका मुख्य विधाहरु सर्वोत्कृष्ट चलचित्रसहित निर्देशक, अभिनेता, अभिनेत्री र पटकथा गरी ५ विधाको अवार्ड चुमेको छ । यस चलचित्रबाट दिनेश राउत वर्षको सर्वोत्कृष्ट निर्देशक, विपीन कार्की सर्वोत्कृष्ट अभिनेता, नम्रता श्रेष्ठ सर्वोत्कृष्ट अभिनेत्री तथा शुशिल पौडेल सर्वोत्कृष्ट पटकथा लेखक घोषित भए । १५ विधाको मनोनयनमा परेको चलचित्र ‘नाई नभन्नु ल ५’ ले सह–अभिनेत्री (प्रियंका काकी), बाल कलाकार(सेड्रिना शर्मा), गीतकार(दिनेश थापा), संगीतकार(वसन्त सापकोटा ) तथा छायाकन (पुरुषोत्तम प्रधान )गरी ५ विधाको अवार्ड जित्न सफल रह्यो ।

‘छक्का पञ्जा ३’ ले हास्य कलाकार(केदार घिमिरे), नृत्य निर्देशक( कविराज गहतराज) गरी तीन विधामा अवार्ड जित्न सफल रह्यो ।  डमरुको डण्डीबियोले सर्वोत्कृष्ट नव निर्देशकस“गै कथा, पाश्र्व संगीत र सम्पादन गरी ४ विधाको अवार्ड जित्यो । चलचित्र ‘साईंली’बाट अभिनेता दयाहाङ राईले सहअभिनेताको अवार्ड जिते । चलचित्र ‘बोबी’बाट उमेश थापाले नव अभिनेता र ए मेरो हजुरबाट सुहाना थापाले नव अभिनेत्रीको अवार्ड जिते भने प्रमोद अग्रहरी ‘कथा काठमाडौं’बाट वर्षको सर्वोत्कृष्ट खलपात्रको अवार्ड जित्न सफल भए । चलचित्र ‘हरि’ले जुरी अवार्ड प्रप्त ग¥यो । त्यस्तै पपुलर च्वाईस अवार्ड स्वस्तीमा खड्का र क्रिटीक्स अवार्ड फर थिएटर सिर्जना सुब्बाले जितिन् । 

कामना फिल्म अवार्डमा २०७६ मा यस वर्ष दुई अवार्ड थपिएका छन् । भरतलाल ह्युम्यानिटेरियन अवार्ड तथा पुष्कर मिडिया अवार्ड  थपिएको हो । यस वर्षको भरतलाल ह्युम्यानिटेरियन अवार्ड २०७६ नगद १ लाख रुपिया“सहित पोखराका समाजसेवी लायन सोनाम साङ्पोलाई प्रदान गरियो भने पुष्कर मिडिया अवार्ड २०७६ नगद १ लाख रुपिया“सहित इमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष तथा प्रवन्ध निर्देशक रामकृष्ण मानन्धरलाई प्रदान गरियो ।

साथै नेपाली फिल्म क्षेत्रमा योगदान पु¥याउने दुई फिल्मकर्मीलाई किर्तीमय दीर्घ योगदान सम्मान (लाईफटाईम अचिभमेन्ट अवार्ड) प्रदान गरिएको थयो । कलाकार नीर शाहलाई नगद १ लाख रुपिया“सहित कलातर्पmको कीर्तिमय दीर्घ योगदान सम्मान २०७६ तथा मेकअप आर्टिष्ट सन्तु तामाङलाई नगद १ लाख रुपिया“सहित पर्दापछाडिको कलाकारतर्फको किर्तिमय दीर्घ योगदान सम्मान २०७६ प्रदान गरिएको थियो ।