Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ पौष २० आइतबार १०:४४:००
Read Time : < 1 मिनेट
समाचार

ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, २० घाइते

Read Time : < 1 मिनेट
२०७६ पौष २० आइतबार १०:४४:००

राष्ट्रपति रनिङ शिल्डमा सहभागी विद्यार्थी चढेको ट्याक्टर शनिबार राति दुर्घटना हुँदा आठ कक्षामा अध्ययनरत दलबहादुर बिकको मृत्यु भएको छ । १६ विद्यार्थीसहित २० जना घाइते भएका छन् । 

त्रिवेणी गाउँपालिका-४ दलुगैराखोलामा राति ९ बजे विद्यार्थी सवार लु ३ त ९०९५ नम्बरको ट्याक्टर पल्टेर सडकबाट करिब २५ मिटर तल खसेको थियो । मृत्यु भएका बिक त्रिवेणी गाउँपालिका-५ स्थित विद्या विकास माविका छात्र हुन् । गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलेर फर्किरहेका सो विद्यालय र वडा ४ स्थित अन्धनाशक माविका विद्यार्थी चढेका थिए ।

दुर्घटनामा बाजा बजाउन गएका ४ जना स्थानीय पनि घाइते भएका छन् । घाइतेमध्ये ३ विद्यार्थी र एक जना बाजा बजाउनेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई नेपालगञ्ज रिफर गरिएको छ । बाँकी १६ जनाको जिल्ला अस्पताल सल्ले र त्रिवेणी–२ का स्थानीय अस्पतालमा उपचार भइरहेको निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कविराज रोकायले जानकारी दिए ।

ट्याक्टर चालक गणेश परियार फरार भएको प्रहरीले जनाएको छ । गाउँपालिकाले ७ नम्बर वडाको साधारण मावि मुरुडाँडामा यो वर्षको राष्ट्रपति रनिङ शिल्ड आयोजना गरेको थियो ।