मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ पौष २० आइतबार ०७:४७:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता

अध्यक्षमण्डल चुकेजस्तो लाग्दैन : राजेन्द्र महतो

Read Time : < 1 मिनेट
२०७६ पौष २० आइतबार ०७:४७:००

अध्यक्षमण्डलको प्रयोग कस्तो रह्यो ? 

मधेस केन्द्रीत पार्टीहरू फुट्ने क्रम मात्रै थिए । हामीले त्यसलाई उल्ट्याउँदै साढे तीन वर्षअगाडि ६ वटा मधेसकेन्द्रित पार्टीहरू एकीकरण गरेर राजपा नेपाल गठन गर्यौँ । यो सामान्य राजनीतिक घटना थिएन । हामीले उदारताका साथ एक–अर्कोको अस्तित्व स्वीकार गरेर अघि बढ्ने प्रण गर्यौँ र सबै घटकका अध्यक्षहरू राखेर अध्यक्ष–मण्डलको व्यवस्था गर्यौँ । यो प्रयोग नयाँ थियो ।

जहाँसम्म कस्तो रह्यो भन्ने कुरा छ, त्यो पनि ठीकै भन्नुपर्यो । यद्यपि, हामीले महाधिवेशनबाट एकल नेतृत्वमा जाने निर्णय नै गरिसकेका छौँ । र पार्टीको तल्लो तहमा एकल नेतृत्वकै संरचनमा तदर्थ समितिहरू निर्माण गर्न सुरु गरेका छौँ । 

पार्टीको आन्तरिक जीवन राम्रो नहुनुमा अध्यक्षमण्डलको भूमिका छ भनिन्छ नि ?

नेपालका कुन दलभन्दा हाम्रो पार्टीको आन्तरिक जीवन राम्रो छैन ? नेकपादेखि कांग्रेस हुँदै समाजवादी पार्टीभन्दा हाम्रो दलको आन्तरिक अवस्था राम्रै छ । नेकपा र समाजवादी त हामीलाई नै पछ्याउँदै दुई अध्यक्षको मोडलमा गएका छन् । पार्टीको अन्य आन्तरिक अवस्था सुधार्न थप अरू पनि गर्न सक्छौँ, जसका लागि प्रयासरत छौँ । अध्यक्ष मण्डल कतै चुकेको छ जस्तो मलाई लाग्दैन । 

अध्यक्षमण्डलबीचमै मनमुटाव देखिन्छ नि ? 

लोकतान्त्रिक पार्टी भएकाले कतिपय निर्णयमा कसैको कहिले चित्त नबुझ्दा फरक मत राखेकोलाई तपाईंले मनमुटाव भएको भन्नुहुन्छ भन्ने मेरो भन्नु केही छैन । एउटै घर परिवारमा एकै विचार हुँदैन भने त्यो त पार्टी हो, जहाँ विभिन्न विचारहरू हुनु स्वाभाविकै हो । पार्टीको अध्यक्ष मण्डलमा मनमनुटाव छ जस्तो मलाई लाग्दैन । शनिबार मात्रै राष्ट्रिय सभाको उम्मेदवार सर्वसम्मत तरिकाले चयन गरेका छौँ ।