मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
काठमाडौं
२०७६ पौष २० आइतबार ०७:३८:००
Read Time : < 1 मिनेट
खेलकुद

सन्दीपको उत्कृष्ट प्रदर्शन

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ पौष २० आइतबार ०७:३८:००

नेपालका लेगस्पिनर सन्दीप लामिछानेले शनिबार बिगबास टी–२० क्रिकेट लिगमा मेलबर्न रेनेगाड्सविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । मेलबर्न स्टार्सबाट खेल्दै सन्दीप रेनेगाड्सविरुद्ध २६ रन खर्चेर तीन विकेट लिन सफल भए । उनकै प्रेरणादायी बलिङ प्रदर्शनमा स्टार्स आठ विकेटले विजयी भयो । जितसँगै स्टार्स १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । रेनेगाड्सको यो लगातार छैटौँ हार हो । सो क्लबले अंक जोडेको छैन । 

मेलबर्न क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको रेनेगाड्सले २० ओभरमा नौ विकेट गुमाएर १४२ रन बनाएको थियो । प्रत्युत्तरमा स्टार्सले १८.५ ओभरमा दुई विकेटको क्षतिमा १४३ रन जोड्यो । सन्दीपले बलिङका क्रममा रेनेगाड्सका साउन मार्स (२९), ड्यानियल क्रिस्टियन (०) र टोम कुपर (३) को विकेट लिएका थिए । सन्दीपले आफ्नो बलिङ स्पेलमा सातपटक डटबल फ्याँकेका थिए । उनको ओभरमा दुईपटक चौका प्रहार भयो । 

सन्दीपले सुरुवाती दुई ओभरमा विकेट लिन सकेनन् । उनले व्यक्तिगत तेस्रो ओभरमा दुई विकेट लिए । त्यसपछि चौथो ओभरमा उनले एक विकेट लिए । बिगबासमा सन्दीप सर्वाधिक विकेट लिने सूचीको १५औँ स्थानमा छन् । उनले पाँच खेलमा ६ विकेट लिएका छन् । चोटका कारण अघिल्लो खेलमा उनी सहभागी भएनन् । 

लक्ष्य पछ्याएको इनिङ्समा स्टार्सका लागि मार्कोस स्टोनिसले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ५५ बलमा सात चौका र एक छक्का प्रहार गरे । यसैगरी, कप्तान ग्लेन म्याक्सवेलले ३२ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४० तथा बेन डुंकले १३ बलमा १५ रन जोडे ।