१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७५ माघ १ मंगलबार १०:११:००
Read Time : < 1 मिनेट
अर्थ

ग्राहकको रोजाइ बन्दै टिभिएस एनटर्क

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ १ मंगलबार १०:११:००

टिभिएसको एनटर्क ग्राहकको   रोजाइ बन्दै गएको छ । यसको नयाँ स्टाइल तथा रेस स्पेक इन्स्ट्रुमेन्ट क्लस्टर र थ्रोटल एक्जस्ट नोटजस्ता फिचरले यो ग्राहकको आकर्षणमा  परेको कम्पनीको भनाइ छ । टिभिएस एनटर्कलाई अटो कार इन्डियाले ‘हालै स्कुटर अफ द इयर’ अवार्डद्वारा सम्मानितसमेत गरेको छ । एनटर्क १२५ सिसीको स्कुटर हो । स्कुटरको बडीमा प्लास्टिक प्यानल प्रयोग गरिएको छ जसले स्पोर्टी लुक दिएको छ । एनटर्क मेट सिरिजमा सेतोे, रातो र पहेलो रंगमा र मेटालिका सिरिजमा ग्रे र नीलो रंगमा नेपाली बजारमा उपलब्ध छ ।

 इन्जिन र पर्फमेन्स
एनटर्कको १२५ सिसी सिंगल सिलिन्डर बिएस–४ कम्प्लायन्ट इन्जिन रहेको छ, जसले ९.३ बिएचपीको उच्च शक्ति र १०.५ एनएमपिक टर्क जेनेरेट छ । इन्जिनमा भएका ३ वटा भल्बहरूले स्मुथ र आरामदायी यात्रा दिन्छ जसले गर्दा चालकले अधिकतम सन्तुष्टि प्राप्त गर्न सक्छन् ।

अन्य सुविधा
स्कुटरमा सिटको उचाइ ७ सय ७० एमएम छ जुन एकदमै पर्फेक्ट छ । यसको ह्यान्डबार अग्लो छ जसले गर्दा सहजै कन्ट्रोल गर्न सकिन्छ । एनटर्क अन्य स्कुटरभन्दा उत्कृष्ट रहेको छ । यसमा १२ इन्चको टायर प्रयोग गरिएको छ । सिटको तल्लो भेगमा युएसबी चार्जिङ पनि जडान गरिएको छ । यो स्कुटर सेगमेन्टमा पहिलो  इन्जिनकिल स्विच जडित छ, जसमा फ्युल रिजर्भ एफ र पार्किङ ब्रेक छ । यो सबै डिजिटल कन्सोलमा उपलब्ध छ ।