१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ पौष १९ शनिबार १६:२०:००
Read Time : < 1 मिनेट
समाचार

स्कुटरले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु

Read Time : < 1 मिनेट
२०७६ पौष १९ शनिबार १६:२०:००

भक्तपुरमा शनिबार बिहान सवारी दुर्घटनामा परी एक भारतीय नागरिकको ज्यान गएको छ । भक्तपुर नगरपालिका–१, सिर्जनानगरमा गाडी ब्याक गर्न ओर्लिएका सहचालकलाई स्कुटीले ठक्कर दिँदा भारतको फरकुवाबादका २५ वर्षीय नरेन्द्र पालको ज्यान गएको हो । 

ऊनी काठमाडौँबाट भक्तपुर आउँदै गरेको एनएलओ १ एडी ५९१८ नम्बरको कन्टेनर गाडी ब्याक गर्न साइड माग्नकालागि गाडीबाट ओलिएका थिए । पाललाई बा ९२ प ३४०९ नम्बरको स्कुटरले ठक्कर दिएको थियो । दुर्घटनापछि गम्भीर घाइते बनेका पालको डा.इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिए । 

स्कुटर चालक सुर्यविनायक नगरपालिका–९, नलिनचोकका ३८ वर्षीय वसन्त देउजालाई स्कुटरसहित प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गोलेले जानकारी दिए ।