मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ माघ १ मंगलबार ०७:४७:००
Read Time : < 1 मिनेट
अर्थ

नेपाल टेलिकमकोे लाभांश प्रतिसेयर ५५ रुपैयाँ

फोरजी सेवा विस्तार तथा फाइभजी सञ्चालनको तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ १ मंगलबार ०७:४७:००

नेपाल दूरसञ्चार कम्पनीको ११औँ वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को मुनाफा रकममध्ये प्रतिसेयर ५५ रुपैयाँका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७४/७५ का लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७५ असार मसान्तको वासलात तथा आर्थिक वर्ष ०७४/७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसमेत पारित गरेको छ ।


यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिसबमोजिम आव २०७५/७६ का लागि कम्पनीको लेखापरीक्षण गर्न चार्टर्ड एकाउन्टेन्ट अच्युतराज जोशी र प्रकाशजंग थापालाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिकसमेत पारित गरेको छ । कम्पनीले नेपालको दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य योगदान पु-याउँदै आएको बताउँदै सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले २०७५ असारसम्म कम्पनीको भ्वाइस सेवामा बजार हिस्सा ५०.९ प्रतिशत र ब्रोडब्यान्ड डाटा सेवामा बजार हिस्सा ४३.६ प्रतिशत पुगेको जानकारी दिए ।

साथै उनले गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आफ्नो बजार हिस्सालाई मजबुत गर्न तथा व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर संख्यात्मक विस्तार र
गुणात्मक सुधार गर्न प्रतिबद्ध रहेको बताए । डाटा सेवाको माग बढ्दै गइरहेकाले निकट भविष्यमा नै देशैभर चौथौ पुस्ताको मोबाइल सेवा फोरजी विस्तार गर्न आपूर्ति गर्ने क्रममा रहेको उपकरणलाई फाइभजीमा स्तरोन्नति गर्ने लक्ष्य रहेको उनले बताए । सभाले पारित गरेबमोजिमको लाभांश रकम ०७५ माघ १ देखि एनएमबी बैंकमार्फत सेयरधनीलाई वितरण गर्ने व्यवस्था गरिएको सो अवसरमा जानकारी दिइयो ।