मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ पौष १८ शुक्रबार १६:२५:००
Read Time : < 1 मिनेट
समाचार

प्रतिष्ठानको गुरुयोजनाका लागि ६ अर्ब लाग्ने 

Read Time : < 1 मिनेट
२०७६ पौष १८ शुक्रबार १६:२५:००

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको गुरुयोजना पारित भएको छ । गुरुयोजना कार्यान्वयनका लागि ६ अर्ब रुपैयाँ लाग्ने छ । प्रतिष्ठानको सिनेट बैठकले एमबीबीएस भवन, चिकित्सक आवास, कर्मचारी आवास, खेल मैदानलगायतका संरचना निर्माणको गुरुयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र त्यसमा लाग्ने बजेट समेत पारित गरेको हो । 

गएको सोमबार काठमाडौँमा बसेको प्रतिष्ठानको सिनेट बैठकले गुरुयोजनाको ६ अर्ब बजेट सहित विस्तृत योजना प्रतिवेदन पारीत गरेको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले जानकारी दिए । 
सिनेटले गुरु योजना अगाडि बढाउने लगायत १२ वटा प्रस्ताव पास गरेको रजिष्टार काफ्लेले बताए । गुरुयोजना पाँच वर्षमा सम्पन्न हुने लक्ष्य लिएको उनले जानकारी दिए । 

चन्दननाथ नगरपालिका र गुठीचौर गाउँपालिकाको १ हजार २ सय रोपनीमा निर्माण हुने गुरु योजनामा छुट्टै एमबीबीएस भवन, चिकित्सक आवास, कर्मचारी आवास, खेल मैदानलगायतका संरचना निर्माण हुने छ । गुरु योजना पूरा भएपछि कर्णाली क्षेत्र स्वास्थ्य सेवाको लागि देशकै नमुना बन्ने रजिष्ट्रार काफ्लेको दाबी छ । ‘सिनेट बैठकले बजेट पारित गर्याे, अब अर्थ मन्त्रालयबाट स्वीकृत लिने तयारी हुने छ ।’ काफ्लेले भने । 

प्रतिष्ठानले यसै वर्षदेखि एमबीबीएस, एमी र एमएस संचालन गर्ने समेत निर्णय गरेको छ । यसअघि एचए, स्टाफनर्सिङ, विपीएच लगायतका कार्यक्रमहरु संचालन भईरहेका छन् । 

विशेषत जुम्ला, हुम्ला, कालिकोट, मुगु, डोल्पा, अछाम, जाजरकोट, बझाङ र बाजुरा जिल्लाको स्वास्थ्य स्थिति उकास्न सरकारले वि सं २०६८ मा  जुम्लामा यस प्रतिष्ठान स्थापना गरेको थियो । प्रतिष्ठानले २३ कात्तिक २०६९ मा एक जना विशेषज्ञसहित पाँच जना चिकित्सक तत्कालीन कर्णाली अञ्चल अस्पताल जुम्ला पुर्याई सेवा सुरुवात गरेको थियो ।