Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष १८ शुक्रबार १२:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेकपाले टुङ्गो लगायो राष्ट्रियसभा उम्मेदवार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष १८ शुक्रबार १२:३३:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । शुक्रबार बिहान बसेको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।

नेकपाले १६ जना उम्मेदवारको नाम सचिवालयले टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । निर्वाचनका लागि २० गते मनोनयन दर्ता गर्ने समय तोकिएको उनले बताए । 

प्रवक्ता श्रेष्ठका अनुसार अनुसार प्रदेश नम्बर १ मा महिला तर्फ इन्दु गौतम, दलितबाट गोपी आछामी र देवेन्द्र दाहाल (अन्य) को नाम टुंगो लगाएको हो । त्यसैगरी प्रदेश नम्बर २ मा तुलशा दाहाल (महिला), राधेश्याम पाश्वान (दलित), प्रदेश नम्बर ३ मा गंगा बेलवासे (महिला), वेदुराम भुसाल (अन्य) र गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ (अन्य) भगवती न्यौपाने (महिला) को नाम टुंगो लगाएको छ । त्यस्तै प्रदेश नम्बर ५ मा विमला घिमिरे (महिला), अपाङ्गता तथा अल्पशंख्यकबाट जगप्रसाद शर्मा, अन्यमा गोपाल भट्टराई, प्रदेश नम्बर ६ मा मायाप्रसाद शर्मा (अन्य), सुमित्रा विसि (महिला) तथा सुदूरपश्चिम प्रदेशमा तारामान स्वार (अन्य) र शारदा भट्ट (महिला) बाट उम्मेदवारको नाम सचिवालयले टुंगो लगाएको छ । नेकपाले प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग सहकार्य गर्ने निर्णय यसअघि नै गरिसकेको छ । एक जना (अर्थमन्त्री युवराज खतिवडाको ठाउँमा) राष्टिपतिले मनोनयन गर्नेछन् । 

नेकपासँग राष्ट्रिसभा सदस्यका लागि तालमेल गर्ने राष्ट्रिय जनाता पार्टीले आजै बैठक गरी उम्मेदवार टुङ्गो लगाउने बताएको छ । ‘आज साँझसम्म उम्मेदवारको टुङ्गो लगाउँछौं,’ राजपाका महासचिव केशव झाले नयाँ पत्रिकासँग भने ।

९ माघमा १८ राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।