मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १५ बिहीबार
  • Thursday, 28 May, 2020
२०७६ पौष १८ शुक्रबार १०:५९:००
मल्टिमिडिया

सर्लाहीको महालक्ष्मी मिलमा किसानले लगाए ताला (फाेटोफिचर)

२०७६ पौष १८ शुक्रबार १०:५९:००

उखु किसानलाई २१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको सर्लाहीको गोडैता नगरपालिकाको बगदहमा सञ्चालित महालक्ष्मी सुगर मिलमा किसानले तालाबन्दी गरेका छन् । सुगर मिलबाट पीडित हजारौं किसान भेला भएर उद्योगमा ताला लगाएका थिए ।

बक्यौता नतिरी यस वर्ष मिल संचालन गर्न खोजेपछि किसानले उद्योगको प्रशासन शाखा र उखु तौल हुने ठाउँमा ताला लगाएका हुन् । उखु बेचेको भुक्तानी नपाएपछि किसानले सरकारको ध्यानार्षण गराउन काठमाडौं र उद्योगीलाई दवाव दिन मिलमा आन्दोलन गरिरहेका छन् ।