मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
काठमाडाैं
२०७६ पौष १८ शुक्रबार ०९:३४:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

नियमित व्यायाम गर्छु

Read Time : < 1 मिनेट
काठमाडाैं
२०७६ पौष १८ शुक्रबार ०९:३४:००

फिटनेस 

म स्वास्थ्यलाई सधैँ प्राथमिकतामा राख्छु । बिहानै उठेर जिम हल जान्छु । एक  घन्टा लगातार जिम गर्छु । तौल बढाउनुपर्ने भए हेभी र घटाउनुपर्‍यो भने लाइट खानेकुरा खान्छु ।घरबाहिर त्यति खाँदिनँ ।

माछा, मासु, सातु बढी खान्छु । दैनिक दशवटा अन्डा खान्छु । डाइटका लागि खर्च निकै नै हुन्छ । ज्यान ठूलो बनाउनुपर्‍यो भने अझै धेरै खर्च हुन्छ । विभिन्न सप्लिमेन्ट्स, प्रोटिनयुक्त आहार जस्तै– माछा, मासु खानैपर्छ । 

‘बादशाह जुट’का लागि मैले १४ किलो तौल घटाएको थिएँ, ‘लभ डायरिज’का लागि १२ किलो बढाएँ ।

एकै महिनामा ज्यान बन्दैन, लगातार अभ्यास गरेपछि बन्ने हो । ज्यान बनाउँदा जिम गर्ने भनेको ३० प्रतिशत हो, बाँकी ७० प्रतिशत खाना र सुत्ने नै हो । म सात–आठ घन्टा सुत्छु । सुतेपछि ज्यान बढ्दै जान्छ । जिम गर्न थालेको ६ वर्ष भयो ।

शरीरलाई बढाउने र घटाउने काम भइरहन्छ । अघिल्लो फिल्म ‘बादशाह जुट’का लागि मैले १४ किलो तौल घटाएको थिएँ, ‘लभ डायरिज’का लागि १२ किलो बढाएँ ।