मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
काठमाडौं
२०७६ पौष १८ शुक्रबार ०७:४१:००
Read Time : < 1 मिनेट
खेलकुद

प्रदेश १ को सहज जित

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ पौष १८ शुक्रबार ०७:४१:००

मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको बिहीबार सम्पन्न उद्घाटन खेलमा प्रदेश १ ले प्रदेश ५ लाई ६८ रनले पराजित गरेको छ । इनरुवामा भएको प्रतियोगितामा पहिलो ब्याटिङ गरेको प्रदेश १ ले ३१.२ ओभरमा सबै विकेट गुमाएर १२० रन बनाएको थियो ।

प्रत्युत्तरमा प्रदेश ५ ले १८ ओभरमा ५२ रन मात्र जोड्यो । प्रदेश १ का दीपेश कँडेलले घातक बलिङ गर्दै २० रन खर्चेर प्रदेश ५ को ६ विकेट लिएका थिए । सो इनिङ्समा प्रदेश ५ का लागि विराट भण्डारीले सर्वाधिक २८ रन बनाएका थिए ।

यसअघिको ब्याटिङमा प्रदेश १ का लागि फिर्डोसन अन्सारीले २३ रन योगदान दिए । बलिङमा प्रदेश ५ का लागि विक्रम भुसालले २४ रन खर्चेर पाँच विकेट हात पारे ।