१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ पौष १७ बिहीबार २०:२५:००
Read Time : < 1 मिनेट
समाचार

बेलबारीले दक्षिण कोरियाका प्राविधिक ल्याउने

Read Time : < 1 मिनेट
२०७६ पौष १७ बिहीबार २०:२५:००

बेलबारी नगरपालिकाले सूचना प्रविधि र कृषि क्षेत्रमा दक्षिण कोरियाको प्राविधिक ल्याउने भएको छ । बेलबारीले कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सीको सहयोगमा स्वयंसेवक कोरियाली प्राविधिक ल्याउन लागेको हो ।

कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सीमार्फत विभिन्न प्रदेशका स्थानीय तहहरूले कृषि, पर्यटन, सूचना प्रविधि र शिक्षा क्षेत्रमा कोरियाको प्रविधि र प्राविधिक ल्याउन थालेका छन् । एजेनसीले प्रविधि र जनशक्ति निःशुल्क उपलब्ध गराउने गरेको छ । अहिलेसम्म प्रदेश १, ३ र गण्डकीका काभ्रे, काठमाडौं, नुवाकोट, मकवानपुर, कास्की, झापा र इलाममा कार्यक्रम सुरु भइसकेको छ । मोरङमा भने बेलबारीले पहिलोपटक कोरियाको प्रविधि ल्याउन लागेको हो । सूचना प्रविधि तथा कृषिमा कोरियाको सिप प्रयोग गर्ने गरी गृहकार्य अगाडि बढाइएको बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

प्रदेश १ को झापाको भद्रपुर र इलामको सूर्योदय नगरपालिकाले सूचना प्रविधिको क्षेत्रमा कार्यक्रम सुरु गरिसकेको कोरिया इन्टरनेशनलकी म्यानेजर रोशीमोल ठकुरीले जानकारी दिइन् । उनले एउटा स्थानीय तहमा बढीमा दुई वटासम्म कार्यक्रम रहेको बताइन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्वयंसेवक माग फारम भरेर स्थानीय तहहरूले कोरियाको प्रविधि र प्राविधिक माग गर्न सक्छन् । सामान्य प्रशासन मन्त्रालयले अर्थमन्त्रालयमा सिफरिस गरेर अनुमति पाएपछि निःशुल्क रूपमा दक्ष जनशक्तिको व्यवस्था गरिने उनको भनाइ छ ।

स्थानीय तहमा ६ देखि ८ जनासम्म प्राविधिक पठाइदिने एजेन्सीको व्यवस्था रहे पनि मन्त्रालयले भने एक कार्यक्रममा एक जना मात्रै प्राविधिक ल्याउन दिने गरेको छ । सन् १९९१ देखि कोरिया इन्टरनेशनलले नेपालमा सेवा दिन थालेको हो । अहिलेसम्म चार सय ३० जना कोरियाली स्वयंसेवकले नेपालमा सेवा गरिसकेको ठकुरीले जानकारी दिइन् ।