मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फोटो
२०७६ पौष १७ बिहीबार १८:५०:००
Read Time : < 1 मिनेट
समाचार

नख्खु कारागारका ३९३ जना कैदीमा मानसिक रोग

Read Time : < 1 मिनेट
२०७६ पौष १७ बिहीबार १८:५०:००

ललितपुरको नख्खु कारागारमा तीन सय ९३ जना कैदीबन्दीहरु मानसिक रोगका बिरामी रहेका छन् । कूल एक हजार पाँच सय ४७ कैदीबन्दीमध्ये तीन सय ९३ जनामा मानसिक रोग रहेकाे कारागारले जनाएकाे छ ।

लामो समय कारागारमा बस्दा मनोविज्ञान बिग्रेर मानसिक रोगको सिकार हुन पुगेकाे कारागारका सुचना अधिकारी डा. नरेन्द्र परियारले जानकारी दिए । उनले भने, “कारागारमा मानसिक राेगका कारण एक सय ३० जनाले बढी मात्राका औषधी सेवन गर्ने र सामान्य खालको औषधी २६३ बिरामीले प्रयाेग गर्दै आएका छन् ।”

उनका अनुसार कारागार परिसरमा मानसिक रोगका बिरामीक लागि ‘मनोसामाजिक अपाङ्ग वञ्जी अस्पताल’मार्फत प्राथमिक तहको उपचार सुरु गरिएको छ । कारागारमा बढी ग्रसित भएका बिरामीलाई आवश्यक परे पाटन अस्पताल जचाउन ल्याउने गरेकाे मानसिक अस्पताल पाटनका सुचना अधिकारी डा. अनन्तप्रसाद अधिकारीले जानकारी दिए । बिरामीको अवस्था हेरी पाटन अस्पतालले उनीहरुलाई एक हप्तासम्म राखेर उपचार गर्ने गरेकाे अधिकारीले बताए ।

कारागारमा रहेका कुल कैदीबन्दीमा तीन सय ३६ जना लागुऔषध, दुई सय ८६ जवरजस्ती करणी, दुई सय ९ कर्तव्य ज्यान मुद्दा, एक सय ३ डाकाडाली, एक सय जना बैंङ्कि कसुर, ९२ चोरी मुद्दा, ३८ जना जिउज्यान, ३९ जना सवारीसाधन र ४३ जना राजस्व अपचलनमा सम्बन्धी रहेकाे कारागारले जानकारी दिएको छ ।