१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं 
२०७६ पौष १७ बिहीबार १४:२६:००
Read Time : < 1 मिनेट
अर्थ

उखु किसानको समस्या समाधान हुन्छ : मन्त्री भट्ट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ पौष १७ बिहीबार १४:२६:००

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको समस्या जसरी पनि सामाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा समय मागेर बोल्दै भट्टले उखु किसानका समस्या समाधान नभए किसानले बोलाएको ठाउँ र समयमा उपस्थित हुने बताए । उनले भुक्तानी नपाएका किसानले गर्दै आएको प्रदर्शन रोकेर फिर्ता जान आग्रह गरे । उनले यो वर्ष कुनै पनि हालतमा उखु किसानको सबै समस्या सामाधान गर्न सरकार प्रतिवद्ध रहेको उनले बताए ।

अन्नपुर्ण सुगर एण्ड जनरल इन्डस्ट्रि प्रालि र इन्दिरा सुगर एण्ड एग्रो प्रालिका सञ्चालक राकेश कुमार अग्रवाल फोन सम्पर्कमा आएको उल्लेख गर्दै उनले महालक्ष्मी सुगर मिल प्रालिले पुस २५ गते भित्र सबै उखु किसानको बाँकी बक्यौता भूक्तानी गर्ने लिखित प्रतिवद्धता गरेको उनले जानकारी दिए । त्यसैगरी श्रीराम सुगर मिलले किसानको रकम भुक्तानी गर्न सहजीकरणका लागि मन्त्रालयमा अनुरोध गरेको उनले बताए ।

उखु किसान र चिनि मिल संञ्चालकका बीच बर्षो देखि देखिएको समस्याको दिगो समाधानका लागि सरोकारवाला मन्त्रालयका पदाधिकारी ,उखु किसान र चिनी मिलका प्रतिनिधि  विषय विज्ञको समेत रहने गरि समिति गठन गरिएको र सो समितिलाई १५ दिन भित्र प्रतिवेदन दिन भनिएकाले समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले पहल अघि बढाउने उनले जानकारी दिए ।

उखु उत्पादन र चिनिमिल संचालकबीच छलफल गरि उखु किसानलाई सरकारले दिएको अनुदान सहज उपलब्ध गराउन, उखु किसानलाई अनुदान दिने कार्यविधि सरल र व्यवहारिक बनाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रायलाई अनुरोध गरिएको उनले बताए ।