१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष १७ बिहीबार १३:०५:००
Read Time : < 1 मिनेट
समाचार

तोकिएकाे समयमा भुक्तानी नपाए देशव्यापी आन्दोलनमा जाने उखु किसानको चेतावनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष १७ बिहीबार १३:०५:००

आन्दोलनरत उखु किसानहरुले सम्पूर्ण बाँकी रकम ७ माघ भित्र भुक्तानी दिन सरकारलाई अल्टिमेटम दिएका छन् । 

सरकारले बुधबार उखु किसानहरुसँग माघ पहिलो साताभित्र सम्पूर्ण रकम भुक्तानी गर्ने मौखिक प्रतिवद्धता जनाएसँगै किसानहरुले २५ पुस भित्र ८० प्रतिशत र माघको पहिलो साताभित्र बाँकी २० प्रतिशत रकम भुक्तानी दिने सरकारको प्रतिवद्धता लिखित रुपमा आउनुपर्ने माग गरेका छन् । यसअघि भएको सरकार पक्ष र किसान पक्षबीच बारम्बार सम्झौता कार्यान्वयनमा नआएको भन्दै उनीहरुले लिखित प्रतिवद्धता माग गरेका हुन् । किसानहरुले ७ माघ भित्र सम्पूर्ण रकम भूक्तानी नपाए देशव्यापी आन्दोलन गर्ने घोषण समेत गरेका छन् ।

बुधबार उद्योगमन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले किसानहरुलाई बोलाएर ७ माघ भित्र सबै रकम भुक्तानी गर्ने आश्वासन दिएका थिए ।