मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ पौष १७ बिहीबार ११:०३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

भलिबल खेल्नुस् स्वस्थ रहनुस्

Read Time : < 1 मिनेट
२०७६ पौष १७ बिहीबार ११:०३:००

भलिबल नेपालको राष्ट्रिय  खेल हो । यसले शरीरमा सकारात्मक ऊर्जा दिन्छ । तपाईलाई स्वस्थ्य रहन मद्दत गर्छ । जितको मनसायका साथ खेलिने भएकाले तपाईंको मस्तिष्कलाई नकारात्मक हुन दिँदैन । 
फिटनेस 
भलिबल खेल्दा अभ्यास र व्यायाम हुने भएकाले फिटनेस कायम गर्न सजिलो हुन्छ । खेलले शारीरिक फिटनेसका साथै मानसिक रूपमा समेत तन्दुरुस्त राख्न मद्दत गर्दछ । भलिबल खेल्दा उफ्रिने र दौडनुपर्ने भएकाले क्यालोरीको मात्रा सजिलै घटाउन सकिन्छ । यसले गर्दा मोटोपनको समस्या हुँदैन । रक्तसञ्चार राम्रो हुन्छ । 
तनाव व्यवस्थापन 
भलिबल खेल्दा तनाव व्यवस्थापन गर्न सकिन्छ । मानसिक रूपमा समेत आराम मिल्ने भएकाले खेलको समयमा आनन्दित महसुस हुन्छ । शरीरका सबै अंग सक्रिय रहने भएकाले ताजापन महसुस हुन्छ ।
बलियो मांसपेशी 
नियमित भलिबल खेल्ने व्यक्तिको मांसपेशी बलियो हुन्छ । खेल खेल्दा वा अभ्यास गर्दा पर्याप्त व्यायाम हुने भएकाले स्वस्थ रहन सघाउँछ । दैनिक भलिबल खेल्ने मानिसले अन्य व्यायाम गर्नुपर्ने जरुरी हुँदैन । भलिबल खेल्दा स्वस्थ र फिट रहन सकिन्छ । 

सकारात्मक सोच 
तपाईमा सकारात्मक सोच र उर्जा ल्याउँछ । जित्ने मानसिकताको विकास गराउँछ । जीवनमा आइपर्ने हरेक चुनौतीलाई सकारात्मक सोच र उर्जाका साथ सामना गर्न आत्मबल दिन्छ । अनुशासनमा रहेर नियमित अभ्यास गर्ने बानीको विकास गर्छ , आत्मविश्वास वृद्धी हुन्छ ।