मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ पौष १७ बिहीबार ०८:५०:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

२०२० मा चीन–अमेरिका सम्बन्ध कस्तो होला ?

Read Time : > 1 मिनेट
२०७६ पौष १७ बिहीबार ०८:५०:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाले पछिल्लो व्यापार सहमतिबारे छिटै आधिकारिक सम्झौता गर्ने बताएका छन् 

विश्वव्यापी अर्थतन्त्रमा गत वर्ष अमेरिका–चीनबीचको व्यापार युद्धले ठूलो असर गर्‍यो । २०१९ लाई बिदा गर्दा २०२० मा के हुन्छ ? भन्ने प्रश्न मस्तिष्कमा छ । के विश्व अर्थतन्त्र २०२० मा पनि व्यापार युद्धकै छायामा पर्नेछ ? सम्भवतः पर्न सक्छ । पहिलो चरणमा चीन र अमेरिकाबीच व्यापार सहमति भएपछि बजारको आत्मविश्वास बढेको छ । 

अमेरिकाका लागि चिनियाँ राजदूत सुई टियानकाईले गत साता बेइजिङलाई पहिलो चरणको सहमतिमा गरेका प्रतिबद्धता पालना गर्न कुनै समस्या नहुने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाले पछिल्लो व्यापार सहमतिबारे आधिकारिक सम्झौता गर्ने बताएका छन् । यिनै सकारात्मक संकेतले हरेक विषय अहिले राम्ररी चलिरहेको देखाउँछ । 

अमेरिकी पक्षले व्यापार युद्धबारे वेला–वेला मिश्रित सन्देश पनि दिएको छ । ट्रम्पका राजनीतिक प्रतिद्वन्द्वीहरूले अमेरिकी कंग्रेसमा पहिलो चरणको सम्झौताको आलोचना पनि गरेका छन्, तर यसबारे धेरै बुझ्न जरुरी छैन । बजारले व्यापार सम्झौताप्रति आत्मविश्वास देखाउनुपर्छ । यदि वासिंटनले बेइजिङसँगको व्यापार तनाव कम गर्‍यो भने के लगातार १२औँ वर्ष अमेरिकी अर्थतन्त्र थप विस्तार हुनेछ ? हो, हुनेछ, हामीलाई यस्तै विश्वास छ । 

धेरै विदेशी सुरक्षा कम्पनीले विश्वको ठूलो अर्थतन्त्रमा अवसरको खोजी गर्न थालिसकेको हुनाले चीनका लागि २०२० को आर्थिक प्रक्षेपण चम्किलो देखिन्छ

अहिले अमेरिकी स्टक मार्केट पानीको फोकाजस्तो देखिन्छ । यद्यपि, हामी यो फोकाको सुरुवाती चरणमै छौँ, यदि मानिसले यस्तो विकासको जोखिम रोक्न केही गरेनन् भने अमेरिकी स्टक मार्केट  दुर्घटनामा पर्न सक्छ वा कम्तीमा यसको अवस्था खराब हुनेछ । के २०२० मा अमेरिका र चीनको स्टक मार्केटको प्रदर्शन फरक हुनेछ ? हो, हुनेछ ।

२०२० चीनको सेक्युरिटिज मार्केट र वित्तीय क्षेत्रका लागि बाहिरी विश्वसँग थप नजिक हुने निकै महत्वपूर्ण वर्ष हो । धेरै विदेशी सुरक्षा कम्पनीले विश्वको ठूलो अर्थतन्त्रमा अवसरको खोजी गर्न थालिसकेका छन् । चीनका लागि २०२० को आर्थिक प्रक्षेपण चम्किलो देखिन्छ । 

के आर्थिक प्रदर्शनले चीन–अमेरिका सम्बन्ध र व्यापार युद्धमा असर गर्नेछ ? हो, गर्नेछ ।  अमेरिकासँगको चीनको सम्बन्ध थप जटिल हुने देखिन्छ । यहाँ धेरै चुनौती छन् । तर, दुई देशबीच अगाडि बढेर आफ्ना भिन्नता र गलत बुझाइलाई समाधान गर्नुको विकल्प छैन ।  
(चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सबाट)