मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ पौष १६ बुधबार १६:३६:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेश १ मा भ्रमण वर्ष २०२० को  भव्य उद्घाटन 

Read Time : < 1 मिनेट
२०७६ पौष १६ बुधबार १६:३६:००

प्रदेश १ मा नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन बुधबार भव्यरुपमा उद्घाटन भएकोे छ । विराटनगरस्थित शहिद रंगशालमा औपचारिक कार्यक्रम आयोजना गरी एक नम्बर प्रदेश सरकारका मुख्य मन्त्री तथा भ्रमण वर्ष मुल आयोजक समिति संयोजक शेरधन  राईले उद्घाटन गरे ।  

उद्घाटन समारोहमा विद्यार्थी, सेनाको झाँकी, प्रहरीको मार्चपास, विभिन्न समुदायको गीत तथा नृत्यका साथै हेलिकोप्टरबाट पुष्प बृष्टिसमेत गरिएको थियो । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले समृद्ध नेपाल र सुःखी  नेपालीको साझा चाहनालाई पुरा गर्न भ्रमण वर्षले सहयोग पुग्ने विश्वास व्यक्त गरे । भ्रमण वर्षमा पर्यटक भित्र्याउन प्रदेश १ सरकारले केवलकार, बहुजातिय संग्राहलय, होमस्टे निर्माणमा जोड दिएको उनले बताए । 

उद्घाटमा भारतको सिक्किम, बंगाल र  बिहार राज्यको सांसद र पर्यटन व्यवसायीहरुको समेत सहभागीता रहेको थियो । 

नेपाल भ्रमण वर्ष २०२० को लागि नेपाल सरकारले छनौट गरेका एक सय  पर्यटकीय गन्तव्य मध्ये १६ वटा एक नम्बर प्रदेशमा पर्छ ।