१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ पौष १६ बुधबार १५:२२:००
Read Time : < 1 मिनेट
समाचार

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन २३ पुसदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ पौष १६ बुधबार १५:२२:००

गण्डकी प्रदेश सभाको हिँउदे अधिवेशन २३ पुसदेखि हुने भएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषदको सोमवारको बैठकले गरेको निर्णय सार्वजनीक गर्दै प्रवक्ता समेत रहेका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण वस्नेतले सो जानकारी दिएका हुन । पोखरा ३ नदिपुर स्थित प्रदेशसभा भवनमा ११ बजे बैठकका लागि आवहन गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको उनले जानकारी दिए । 

गण्डकी प्रदेशसभाको बस्न लागेको यो पाँचौ बैठक हो । यस अघि दुई वटा हिँउदे र दुई वर्खे अधिवेशन सम्पन्न सगै विभिन्न ३० वटा विधेयकहरु पारित भएका छन् । चौथो अधिवेशन सकिएको ९९ दिनपछि पाँचौ अधिवेशन सुरु हुन लागेको हो ।

बैठकले संघीय सरकार अन्तर्गत उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको परिपत्र अनुसार नवलपुर वर्दघाट सुस्ता पुर्वस्थित धवादी फलाम कम्पनीमा प्रदेश सरकारलाई ३ प्रतिशत शेयरका लागि १२ करोड बराबरकाे साे शेयर खरिद गर्ने निर्णय गरेको छ । यस फलाम कम्पनीमा थप ४८ करोड रुपैयाँको शेयर लगानिका लागि प्रदेश सरकार ईच्छुक रहेकाले सो वापतको शेयर समेत उपलव्ध गराउन बैठकले उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको छ । 

त्यसैगरी बैठकले भौतिक पुर्वाधार विकास मन्त्रालयलाई प्रदेश भवन निमार्ण सम्वन्धी विधेयक २०७६ को मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय बैठकले गरेको छ । साथै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई सिंचाई सम्वन्धी विधेयक २०७६ मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत बैठकले गरेको हो ।