मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
काठमाडौं
२०७६ पौष १६ बुधबार ०६:४५:००
Read Time : < 1 मिनेट
समाचार

आज सातौँ नेपाली  टोपी दिवस

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ पौष १६ बुधबार ०६:४५:००

विगत ६ वर्षदेखि अंग्रेजी महिनाको १ जनवरीलाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका रूपमा मनाउने गरिएको छ । सोहीअनुसार बुधबार सातौँ अन्तर्राष्ट्रिय टोपी दिवस मनाइँदै छ । नेपाल टोपी प्रतिष्ठानले नेपाली टोपीलाई अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित गराउन बुधबार शिरमा टोपी लगाएर भव्य रूपमा मनाउन आग्रह गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष शंकर बञ्जाडेले जारी गरेको विज्ञप्तिमा अभियानलाई थप व्यापक र व्यवस्थित बनाउने उद्देश्यले हालसम्म ३९ देशमा शाखा गठन भइसकेको र थप गठन हुने प्रक्रियामा रहेको जनाएका छन् । ‘१ जनवरीका दिन आफ्नो अवस्थाअनुकूल नेपाली टोपी पहिरेर नेपालीहरूको अन्तर्राष्ट्रिय पहिचानका रूपमा नेपाली टोपीलाई स्थापित गराउन सहयोग गर्नु हुन अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।