१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष १५ मंगलबार २१:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

७७ डिएसपीको सरुवा- दरबारमार्गमा दाहाल, जनसेवामा शाह 

Read Time : < 1 मिनेट
२०७६ पौष १५ मंगलबार २१:३५:००

प्रहरी प्रधान कार्यालयले मंगलबार ७७ जना जना नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ । सरुवामा ६ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । सरुवाअनुसार रसुवामा इन्द्र सुवेदी, म्याग्दीमा किरणजंग कुँवर, जाजरकोटमा किशोर श्रेष्ठ, पूर्वी रुकुममा गजुसिद्धी बज्राचार्य, पश्चिम रुकुममा ठगबहादुर केसी, रामेछापमा बसन्त पाठकलाई पठाइएको छ ।

त्यस्तै, उपत्यकाका दुई वृत्त तथा विभिन्न इलाका प्रहरी कार्यालका इन्चार्जहरुसमेत फेरिएका छन् । महानगरीय दरबारमार्ग वृत्तको प्रमुखमा रञ्जन दाहाल तथा जनसेवामा सुनिलजंग शाहलाई पठाइएको छ । कास्कीको वडा प्रहरी कार्यालय बैदाममा यादब ढकालको सरुवा भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरमा हुँदा पटक-पटक विवादमा परेका हेमबहादुर शाहीलाई इप्रका चन्द्रनिगाहपुरमा पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयले कोहलपुरमा कुलदीप चन्दको सरुवा भएको छ भने इप्रका अनारमणि मुकुन्द रिजाल, इप्रका टाँडीमा रबिन कार्की, बर्दिबासमा राजन चापागाईलाई सरुवा गरिएको छ । धेरै जनाकाे एक वर्षको अवधि नपुग्दै सरुवा भएको छ ।