मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ पौष १५ मंगलबार १५:५१:००
Read Time : < 1 मिनेट
समाचार

नेकपामा कसलाई सभामुख बनाउने टुंगाे नलाग्दा प्रतिनिधिसभा बैठक पुनः स्थगित

Read Time : < 1 मिनेट
२०७६ पौष १५ मंगलबार १५:५१:००

बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । 

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचनाका प्रकाशन गर्दै पुस २७ गतेसम्मका लागि स्थगित गरिएको हो । प्रतिनिधिसभाले विशेष कारणवश बस्न नसक्ने व्यहोराको सूचना प्रकाशन गरेको छ । सत्तारूढदल नेकपा भित्र कसलाइ सभामुख बनाउने भन्ने सहमति हुन नसक्दा प्रतिनिधिसभाकाे बैठक स्थगन हुन पुगेकाे छ ।

प्रकाशित सूचनामा भनिएको छ, ‘मिति २०७६ पुस १६ गते बुधबार दिनको १ बजे बस्ने गरी सूचना गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले नेपालको संविधानको धारा ९१ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्नुहुने माननीय उपसभामुखज्यूले प्रतिनिधसभा नियमावली, २०७५ को निमय ६ को उपनियम (३) बमोजिम अर्को बैठक मिति २०७५ साल पुस २७ गते आइतबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकरीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

यसअघि पुस ११ गते शुक्रबारका लागि बोलाइएको बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएको थियो । ११ गतेको बैठकले सभामुख चयनको प्रकृया अगाडी बढाउने कार्यसूची तय भएकाे थियाे । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सभामुख चयनको विषय टुंगो नलाग्दा संसद बैठक प्रभावित हुँदै आएको छ ।