मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
देवेन्द्र कार्की
२०७५ माघ १ मंगलबार ०७:२८:००
Read Time : < 1 मिनेट
समाचार

सहरकै महिला लुकाउँछन् रोग

Read Time : < 1 मिनेट
देवेन्द्र कार्की
२०७५ माघ १ मंगलबार ०७:२८:००

सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रका महिलामा समेत पाठेघरको समस्या पाइएको छ । धरान वडा नम्बर–१३ को संयोजनामा सञ्चालित पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि आएका अधिकांश महिलामा पाठेघरको कुनै न कुनै समस्या देखिएको चिकित्सकहरूले बताएका छन् । शिविरमा दुई सयभन्दा बढी महिलाले स्वास्थ्य चेकजाँच गरिएको थियो ।

परीक्षण गरिएका अधिकांश महिलामा सेतोपानी बग्ने, पिसाब चुहिने तथा पाठेघर झर्ने समस्या देखिएको उपचारमा संलग्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी स्त्रीरोग विशेषज्ञ डा. यशस्वी मेननले बताइन् । ‘अधिकांश महिलाले लाज र जनचेतनाको कमीका कारण समस्या लुकाउने गरेका छन्,’ उनले भनिन्, ‘आफूमा समस्या भए पनि धेरैजसो
महिला चेकजाँचका लागि अस्पताल नजाँदा समस्या बढ्दै गएको पायौँ ।’

५० बिरामी रिफर
जटिल समस्या देखिएका ५० जनाभन्दा बढी महिलालाई थप उपचारका लागि बिपी प्रतिष्ठानमा रिफर गरिएको जानकी सामुदायिक टोल सुधार समितिका अध्यक्ष दिलीपकुमार श्रेष्ठले जानकारी दिए । शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । ‘आँगनमै रहेको बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा छ,’ डाक्टर मेननले भनिन्, ‘तर, सहरकै महिलासमेत लाजले रोग लुकाएर बस्ने गर्छन् ।’