१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
काठमाडौं
२०७६ पौष १५ मंगलबार ०६:३६:००
Read Time : < 1 मिनेट
समाचार

सिसडोल ल्यान्डफिल्डले १० स्थान अति प्रभावित 

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ पौष १५ मंगलबार ०६:३६:००

सिसडोल ल्यान्डफिल्ड साइटका कारण तीन जिल्लाका १० स्थान अति प्रभावित रहेको देखिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको वातावरणीय प्रभाव मूल्यांकनमा १० ठाउँ अति प्रभावित देखिएका हुन् ।

नास्टले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार १०–१० स्थानलाई अतिप्रभावित र प्रभावितको सूचीमा राखिएको छ । चार स्थानलाई भने कम प्रभावित सूचीमा राखिएको छ । पानी दूषित हुँदा आसपासका बासिन्दामा गम्भीर प्रभाव परेको र तत्काल पर्यावरण सुधारका क्षेत्रमा काम गर्नुपर्ने जनाइएको छ ।

प्रतिवेदनअनुसार नुवाकोटको ककनी गाउँपालिकास्थित तल्लो सिउँडिनी (तलेटार, ल्यान्डफिल्ड साइटको माथिल्लो भाग), सोतिबालुवा, मंगटाटोल १ र २, पाँचमुरीटोल गरी पाँचवटा स्थान अति प्रभावित क्षेत्रमा परेका छन् ।

धादिङको धुनिबेँसी नगरपालिकाअन्तर्गत सिंखडा गाउँ, तीलखोरिया, कोल्पु खोला एक र दुई गरी चारवटा ठाउँ र काठमाडौंको खिलबुटा एक गरी १० स्थान अति प्रभावित  सूचीमा छ ।