मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ पौष १४ सोमबार १८:५४:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेश ५ सरकारले सागमा पदक विजेता खेलाडीलाई सम्मान गर्ने

Read Time : < 1 मिनेट
२०७६ पौष १४ सोमबार १८:५४:००

प्रदेश ५ सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता प्रदेशका खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । 

सागमा सहभागी भएका प्रदेश ५ का स्वर्ण पदक जित्ने खेलाडीलाई एकलतर्फ १ लाख र  समूहतर्फ ८० हजार, रजत एकललाई ८० हजार र समूहतर्फ ६० हजार, एकल कास्य जित्नेलाई ६० हजार र समूहतर्फ ४० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको मन्त्री लिला गिरीले जानकारी दिए ।