१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष १४ सोमबार १७:२९:००
Read Time : < 1 मिनेट
समाचार

मिडिया स्वतन्त्र र निष्पक्ष हुनुपर्छ : संञ्चार मन्त्री 

Read Time : < 1 मिनेट
२०७६ पौष १४ सोमबार १७:२९:००

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मिडियाको भूमिका स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताएका छन् । कैलालीको लम्की एफएम उद्घाटन कार्यक्रममा सोमबार उनले भ्रष्टचार मौलाएको उल्लेख गर्दै मिडियाले यस्ता कुरा लैजाँदा निष्पक्ष हुनुपर्ने बताए । 

मन्त्री बास्कोटाले सरकारले मिडियालाई सुरक्षा प्रदान गर्ने भएकाले आफ्नो दायित्व पूरा गर्नु पर्ने उल्लेख गरे । उनले सुदूरपश्चिमलाई छाउपडी प्रथाको प्रदेश भनेर चिनिने भएकाले यसको अन्त्यका लागि संचारकर्मीले सहयोग गर्नु पर्ने स्पष्ट पारेका थिए । 

मन्त्री बास्कोटाले स्थानीय तहले छाउप्रथा मान्ने र मान्न बाध्य पार्नेलाई सामाजिक सुरक्षा भत्ताबाट बन्चित बनाए सजग हुने सुझाव दिए । स्थानीय सरकारको प्रयासविना छाउप्रथा निराकरण गर्न नसकिने र यसमा जनताको सहयोग जरुरी भएको उनले बताए ।