मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
केशव गुरुङ गोरखा
२०७६ पौष १४ सोमबार १६:२२:००
Read Time : > 1 मिनेट
समाचार

भूमिहीन भुकम्प पीडितका घर अझै बनेनन्

Read Time : > 1 मिनेट
केशव गुरुङ गोरखा
२०७६ पौष १४ सोमबार १६:२२:००

गाेरखाका अधिकांश भूमिहीन भूकम्प पीडितले जग्गा खरिदको रकम नपाउँदा घर बनाउन पाएका छैनन् । जिल्लामा २ सय १३ भुमिहिन भूकम्प पीडित पहिचान भएका छन् । ती मध्ये भूकम्प गएको चार वर्ष बितिसक्दा ६३ जनाले मात्र जग्गा खरिदका लागी २ लाख पाएका छन् । 

त्यसैगरी जोखिमयुत्त वस्तीका ५ सय २६ मध्ये ४ सय ३ ले मात्र जग्गा खरिद गर्न २ लाख पाएका छन् । जोखिम र भूमिहीन लाभाग्राहीलाई जग्गा खरिदका लागि २ लाख उपलब्ध गराउने प्रावधान छ ।

स्थानीय तहबाट सिफारिस भएर आएका भूमिहिन भूकम्प पीडितको सूची पुनर्निर्माण प्राधिकरण केन्द्रीय कार्यालयमा पठाएको जिल्ला आयोजना कार्यान्वयन इकाइ कार्यालय गोरखाले जनाएको छ । घर नवन्दा चार हिउँद र वर्खा उनीहरु अस्थायी टहरामा विताउन बाध्य छन् ।

निर्माण सामाग्री महङो हुँदा सरकारी अनुदान ३ लाखले घर निर्माण गर्न अपुग हुने अधिकाशं भूकम्प पीडितको गुनासो छ । विशेष गरि उपल्लो क्षेत्रमा निर्माण सामाग्री ढुवानी महङ्गो पर्ने गरेको छ । 

सडक सञ्जालले नछोएका गाउँमा खच्चडबाट निर्माण सामाग्री ढुवानी हँदै आएको छ । खरिद भन्दा ढुवानी मुल्य तेब्बरसम्म वढी पर्ने गरेको उनिहरुको गुनासो छ । 

गुम्बा पुनर्निर्माण पनि अन्योलमा

भूकम्पले भत्काएको गुम्वाहरुको पनि पुनर्निर्माण सकेको छैन । ९१ गुम्वा पुनर्निर्माण र १३ गुम्वा मर्मत गर्नुपर्ने यकिन गरिएको छ । ती मध्ये हालसम्म एउटा मात्र गुम्वा पुनर्निर्माणका लागि सम्झौता भएको भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख रामशरण आचार्यले जानकारी दिए ।

मर्मत गर्नुपर्ने १३ मध्ये ७ गुम्वाको मात्र सम्झौता भएको उनले बताए । वजेट तथा कार्यक्रम ढिला प्राप्त हुँदा गुम्वा पुननिर्माण हुन नसकेको उनको भनाई छ । गुम्बाहरुको डिजाइन तथा लागत अनुमान प्राप्त समेत नभएको उनले बताए ।