१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ पौष १४ सोमबार ११:४४:००
Read Time : < 1 मिनेट
समाचार

प्रयोगात्मक अभ्यास गर्दा करेन्ट लागेर विद्यार्थीको मृत्यु 

Read Time : < 1 मिनेट
२०७६ पौष १४ सोमबार ११:४४:००

ओजेटी अर्थात प्रयोगात्मक अभ्यास गर्न महाकाली नगरपालिका ३ चाँदनी गएका कञ्चनपुरका एक विद्यार्थीको मृत्यु भएको छ ।

महेन्द्रनगरस्थित बैजनाथ ईन्जिनियरिङ्ग कलेजमा सिभिल ईन्जिनियरिङ्गमा अध्ययनरत तेज राज जोशीको करेन्ट लागेर मृत्यु भएको हो ।

महाकाली नगरपालिका ३ चाँदनीमा जोशी बिल्र्डसले लिएको सडकको ठेक्कामा ओजेटी गर्न पुगेका जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

कञ्चनपुरका प्रहरी प्रवक्ता नरेन्द्र चन्दले अभ्यासको क्रममा विद्युतीय तारमा छेइदा उनको घटनास्थलमै मृत्यु भएको बताए । आफन्तले भने ठेकेदार कम्पनीको लापरवाहीको कारण अभ्यास गर्दा गर्दै तेजको मृत्यु भएकाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषी उपर कारवाहीको माग गरेका छन् ।

कृष्णपुर नगरपालिका १ दोमिल्ला घर भएका जोशीको शव अहिले महाकाली नगरपालिकास्थित दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।