मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष १४ सोमबार ०८:१९:००
Read Time : < 1 मिनेट
अर्थ

‘आरबिबी इम्पावरमेन्ट  एकेडेमी’ प्रदेश १ मा

Read Time : < 1 मिनेट
२०७६ पौष १४ सोमबार ०८:१९:००

युवा वर्गलाई रोजगारीको अवसर दिने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंकले सञ्चालन गरेको आरबिबी इम्पावरमेन्ट एकेडेमीको दोस्रो चरण सुरु भएको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय क्षेत्रमा आउन चाहने युवालाई निःशुल्क बैंकिङ तालिम दिने उद्देश्यले सञ्चालन गरेको फाइनान्सियल ट्रेनिङ सेन्टरको दोस्रो चरण प्रदेश १ मा सञ्चालन गरेको जनाएको छ ।

एकेडेमीबाट युवा वर्गलगायतले लाभ लिन सक्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद लम्सालले जानकारी दिए । विराटनगरमा हुने तीनदिने तालिमका लागि १२ पुसदेखि नै आवेदन खुला गरिसकेको बैंकले जनाएको छ । तालिममा बिहेबिरलर प्राक्टिकल बैंकिङ विषयगत तयारी कक्षा सञ्चालन हुने बैंकले जनाएको छ ।

दोस्रो चरणको तालिममा प्रदेश नम्बर १ का स्नातक र स्नातकोत्तर कलेजका विद्यार्थीलाई लक्षित गरी आवेदन आह्वान गरेको बैंकको भनाइ छ । तालिम २५ पुसदेखि विराटनगरमा हुने बताइएको छ । निश्चित मापदण्डका आधारमा ५० जनालाई छानेर तालिममा सहभागी गराइ निश्चत अवधिका लागि पेड इन्टर्नसिपमा राख्ने बैंकले बताएको छ ।