मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
केशव गुरुङ गोरखा
२०७६ पौष १३ आइतबार १६:२८:००
Read Time : < 1 मिनेट
समाचार

जिल्ला प्रहरी कार्यालय गाेरखाको नयाँ भवन शिलान्यास 

Read Time : < 1 मिनेट
केशव गुरुङ गोरखा
२०७६ पौष १३ आइतबार १६:२८:००

जिल्ला प्रहरी कार्यालय गोरखाको नयाँ बन्ने भवनको आइतबार गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी विनोद शर्मा घिमिरे शिलान्यास गरेका छन् । 

राष्ट्रिय पुननिर्माण प्राधिकरणले भवन निर्माणका लागि बजेट विनियोजन गरेसँगै नयाँ भवन बन्न लागेको एसपी ओमप्रसाद अधिकरीले बताए । आठ करोड एक लाख रुपैयाँमा भवन बन्न लागेको हो । भवन निर्माणको जिम्मा रोयल कन्स्ट्रक्सनले लिएको छ । एक वर्ष भित्र नयाँ भवन निर्माण गरिसक्ने गरी गत ४ पुसमा सम्झौता भएको उनले जानकारी दिए । 

उक्त नयाँ भवनमा कार्यालय भवन, हिरासत, ब्यारेक, कार्यालय संरचना निर्माण हुनेछ । भूकम्पले पुरानो भवन चर्किएपछि दैनिक कामकाजमा समस्या पर्ने गरेको उनले बताए । 

सुविधा सम्पन्न भवन निर्माण हुन लागेसँगै पुरानो भवन भत्काउन सुरु गरिएको छ ।