मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट 
२०७५ पौष ३० सोमबार १८:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बलात्कारपछि हत्या भएकी निर्मलाको सम्झनामा ‘चिल्ड्रेन पार्क’ बन्ने 

Read Time : < 1 मिनेट
मोहन विष्ट 
२०७५ पौष ३० सोमबार १८:१४:००

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको सम्झनामा ‘चिल्ड्रेन पार्क’ निर्माण सुरु भएको छ । भीमदत्त नगरपालिका, २ ले पार्क निर्माण गर्न प्रकृया अघि बढाएको हो ।

भीमदत्त नगर, २ का वडाध्यक्ष डम्बर कार्कीले सरस्वती माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत निर्मलाको सम्झनामा वडा कार्यालयले विद्यालयको प्राङ्गणमा पार्क  निर्माण गर्न लागत स्टमेट भइरहेको बताए । उनले दुई कठ्ठा जमिनमा पार्क बनाइने बताए । ‘करिब १२ लाख लागत तयार गरिएको छ,’ उनले भने, ‘यो वर्ष पाँच लाख बजेट छ, त्यसैबाट निर्माण कार्य सुरु गछौँ ।’

पार्क निर्माणका लागि विद्यालयले पनि सहयोग गर्नु पर्ने वडाध्यक्ष कार्कीले बताए । स्थानीय खेलाडीसहित विद्यार्थीका खेलकुद मैदानसमेत मर्मत गर्ने उनले बताए ।