मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष १२ शनिबार १६:१४:००
Read Time : < 1 मिनेट
समाचार

होडिङ बोर्ड हटाउने निर्णय रोक्न व्यवसायीको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष १२ शनिबार १६:१४:००

साइनोज एसोसिएसन नेपालले बोर्ड तथा होडिङ बोर्ड हटाउने सरकारको निर्णय तत्काल रोक्न माग गरेको छ । ७५ हजार भन्दा बढी युवाहरु बेरोजगार हुने भन्दै साइनोजले सरकारको उक्त निर्णय तत्काल रोक्न माग गरेको हो । 

रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै साइनोजले सम्बन्धित व्यवसायीहरुसँग छलफल गरी समाधानको उपाय खोज्न माग गरेको छ । बार्डहरु हटाउनै परे यसमा गरिएको लगानी सुरक्षाको वातावरण सरकारले बनाउनुपर्ने माग गरिएको साइनोजका कोषाध्यक्ष अनन्त गौतमले बताए । उनले सम्पूर्ण सरोकारवाला व्यक्ति राखी होर्डिङ बोर्ड तथा विज्ञापन बोर्डको नीति ल्याउनुपर्ने, स्थानीय उत्पादन र कम मूल्यमा विज्ञापन गर्न पाउने उद्यमीहरुको नैसर्गिक अधिकार सुरक्षित गर्नुपर्ने माग सरकारसँग गरिएको बताए । 

विज्ञापन संघका अध्यक्ष रविन्द्र रिजालले जथाभावी निर्णय गरेर नागरिकको दैनिकी नखोस्न सरकारलाई आग्रह गरेका छन् । होडिङ बोर्ड गृहमन्त्रालयले हटाउने की, पर्यटन मन्त्रालयले हटाउने वा ट्राफिक प्रहरी कसले हटाउने ? स्पष्ट नीति बन्नुपर्ने उउने बताए । उनले निमुखालाई मारेर वैदेशिक रोजगारीलाई प्रसय नदिन आग्रह गरेका छन् । 

गृहमन्त्रालयले बिहीबार शहरलाई कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तार लगायतका सामाग्री हटाउने निर्णय गरेको थियो । काठमाडौँ महानगरपालिकाभित्र चार समुह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गर्ने र अन्य स्थानिय तहको हकमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत निर्देशन दिई कारवाही अघि बढाउने निर्णय गृहले गरेसँगै व्यवसायी आन्दोलित भएका हुन् ।