१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष १२ शनिबार ०९:५५:००
Read Time : < 1 मिनेट
साहित्य

काठमाडौंमा अन्तर्राष्ट्रिय साहित्य महोत्सव

Read Time : < 1 मिनेट
२०७६ पौष १२ शनिबार ०९:५५:००

फरक भाषा, संस्कृति, परम्परा, कला, अनुभूति र विचारलाई एउटै मञ्चमा उभ्याएर नेपाली साहित्य तथा विदेशी साहित्यका बीचमा अन्तरक्रिया, छलफल, तथा सम्पर्क स्थापनाका लागि ११ देखि १३ पुससम्म तीनदिने अन्तर्राष्ट्रिय साहित्य महोत्सव सञ्चालन भइरहेको छ । 

महोत्सवका संयोजक भीष्म उप्रेतीका अनुसार कार्यक्रममा नेपाललगायत भारत, भुटान, बंगलादेश, श्रीलंका, कम्बोडिया, हङकङ, कोरिया र अस्ट्रेलिया र युएसका कवि तथा लेखकहरूको सहभागिता छ । साहित्य महोत्सवमा कवि, लेखकहरूले कवितावाचन, गद्यवाचनका साथै समूहगत छलफल गरिरहेका छन् । महोत्सवमा ट्रान्सलेटर, एडिटर, पब्लिसर, लेखक सबैखाले विदेशी पाहुनाको सहभागिता छ । 

नेपालका तर्फबाट डा. गोविन्दराज भट्टराई, रमेश क्षितिज, विप्लव ढकाल, मञ्जु काँचुली, तीर्थ श्रेष्ठ, अविनाश श्रेष्ठ, आरएम डंगोल, मोमिला, सुमन पोखरेल, टंक उप्रेती, भूपिन, ईश्वर कँडेल, रञ्जना निरौला, भीष्म उप्रेती, किशोर पहाडी, कृसु छेत्री, छविरमण सिलवाल, उषा शेरचन, ज्योति जंगल, मणि लोहनी, मुनिराम शेर्मा, गोपाल पराजुली, वासुदेव अधिकारी, हरिश अधिकारी, अशोक शेरचन, स्नेह सायमी, अरूणा वैद्य, मञ्जुल, एलबी छेत्री, सुनिता खनाललगायतका कवि लेखक सहभागी छन् । कार्यक्रममा नेसनल कलेजका विद्यार्थीको सांस्कृतिक नृत्य तथा लोकधुनको प्रस्तुतिलाई पनि समावेश गरिएको छ ।

महोत्सव उद्घाटनमा प्रमुख अथिति तथा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले विश्वलाई जोड्नका लागि भाषा साहित्यको ठूलो योगदान रहेको स्पष्ट पारे । विश्व शान्तिका लागि साहित्य र यस्ता महोत्सवको आयोजना गरिनु महत्वपूर्ण भएको उनले बताए । साहित्यमा समाजलाई कसरी लेखिएको छ, महिला लेखन लगायतका विषयमा प्यानल सेसनहरू  सञ्चालन भइरहेको छ । नेसनल कलेजको आयोजनामा पहिलोपटक सञ्चालन भएको महोत्सव काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा भइरहेको छ ।