१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष ११ शुक्रबार १९:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेपालको संविधान अमेरिकाको अधिनमा हुने गरी एमसिसी सम्झौता भयो : भिम रावल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष ११ शुक्रबार १९:३६:००

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भिम रावलले नेपालको संविधान नै अमेरिकाको अधिनमा हुने गरी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता भएको बताएका छन् ।

नेता रावलले देशको विकासका लागि अमेरिकी सहयोग आवश्यक भए पनि देशकाे हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनतालाई ध्यान दिनु पर्ने बताए । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले एमसिसी सम्झौताको धारा ७ को दफा ७ (१) अनुसार सम्झौताको कुनै दफा बाझिएमा नेपालको कानुन नै त्यसको अधिनमा हुने विषय मान्य नहुने बताएका छन् । त्यसको जवाफ सम्झौता गर्नेले नेपाली जनतालाई दिनु पर्ने उनको भनाइ थियो ।

नेपाल सरकार र एसिसीबीच भएको सम्झौताका कतिपय प्रावधानमाथि प्रश्न उठाउँदा आफूलाई अल्पज्ञानी भएको आरोप लगाउनेले राष्ट्रमाथि घात गरेको नेता रावलले बताए । उनले ठूलो रकम सहयोग पाउने आशामा देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभिमानमाथि आँच पुग्ने काम गर्न नहुने बताएका छन् ।