मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष ११ शुक्रबार ०७:४१:००
Read Time : < 1 मिनेट
विश्व

नर्वेकी राजकुमारीका पूर्वपतिले गरे आत्महत्या

Read Time : < 1 मिनेट
२०७६ पौष ११ शुक्रबार ०७:४१:००

नर्वेका राजाका पूर्वज्वाइँ एरी बेनको मृत्यु भएको छ । थुप्रै उपन्यास र नाटकका लेखक बेनको नर्वेकी राजकुमारी मार्था लुईसँग सन् २००२ मा विवाह भएको थियो । उनीहरूले दुई वर्षअघि सम्बन्धविच्छेद गरेका थिए । बेनले आत्महत्या गरेको उनका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।नर्वेका राजारानीले एक विज्ञप्तिमार्फत भनेका छन्, ‘बेन धेरै वर्षदेखि हाम्रो परिवारका एक महत्वपूर्ण अंश थिए । उनका राम्रा र मायालु याद हामीसँग रहिरहनेछन् ।’

डेनमार्कमा जन्मिएका बेन राजकुमारी मार्था लुईसँग विवाह गर्न उपर्युक्त व्यक्ति नभएको भन्दै विवाहको समयमा उनको आलोचना भएको थियो । मार्था राजा हराल्ड र रानी सोन्जाका एक मात्र सन्तान हुन् ।

आफ्नै आमामार्फत बेनको राजकुमारीसँग भेट भएको थियो । बेनकी आमा राजकुमारीकी फिजियोथेरापी गुरु थिइन् । त्यतिवेला उनी आफ्नो पुस्तक स्याड एज हेलका लागि चर्चित थिए । तर, लास भेगासमा लागुऔषध लिएका यौनकर्मी महिलासँग पार्टी गरेको एउटा भिडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए ।

बेन र मार्थाका तीन छोरीहरू– माउड, लिह र इमा छन् । सम्बन्धविच्छेद हुनुअघि राजकुमारी मार्थाले भनेकी थिइन्, ‘हाम्रा सन्तानका लागि सुरक्षित आश्रय बन्न नसेकोमा हामीलाई दुःख लागेको छ ।’

बेनले सन् २०१७ को डिसेम्बरमा हलिउडका कलाकार केभिन स्पेसीले आफूलाई जबर्जस्ती स्पर्श गर्न खोजेको आरोप लगाएका थिए । टेबलमुनि बसेर केभिनले आफूलाई अस्वाभाविक ढंगले छोएको उनले आरोप लगाएका थिए ।