मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ पौष १० बिहीबार ०७:१९:००
Read Time : < 1 मिनेट
प्रदेश

तीन वडाध्यक्षको नेतृत्वमा गाउँपालिकामा तालाबन्दी

Read Time : < 1 मिनेट
२०७६ पौष १० बिहीबार ०७:१९:००

राजगढ गाउँपालिकाका ६ मध्ये तीन वडाअध्यक्षको अगुवाइमा बुधबार गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । वडा नं. २, ४ र ६ का वडाध्यक्ष ललितनारायण सिंह, हेमनारायण साह र कमलदेव यादवको नेतृत्वमा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको हो ।

विकास निर्माणका काममा राजनीतिक आस्थाका आधारमा काखापाखा गरेकाले तालाबन्दी गरिएको वडा नं. २ का अध्यक्ष ललितनारायण सिंहले बताए । वडा नं. २ का सिंह समाजवादी पार्टी, ४ का साह नेकपा र ६ का वडाध्यक्ष राजपाबाट निर्वाचित भएका हुन् । गाउँपालिका अध्यक्ष परमानन्द यादव भने कांग्रेसबाट निर्वाचित हुन् ।

पार्टीगत पूर्वाग्रह राखेर काम भएपछि बोर्ड बैठकमा आवाज उठाउनुका साथै लिखित रूपमा आग्रह गर्दासमेत अटेर गरेपछि तालाबन्दी गर्न बाध्य हुनुपरेको सिंहको भनाइ छ । वडा नं. ४ का अध्यक्ष हेमनारायण साहले कानुनविपरीत भएका काम सुधारलगायत विषयमा १४ बुँदे माग राखेर ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएको बताए । कार्यपालिका बैठकमा प्रत्येक वडाअध्यक्षलाई फरक व्यवहार गरेको, कार्यपालिका बैठकको जानकारीसमेत समयमा नदिएको उनीहरूको आरोप छ ।