१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष ९ बुधबार १६:१३:००
Read Time : < 1 मिनेट
समाचार

सरकार निरंकुशतातर्फ जाँदैछ : डा. बाबुराम भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष ९ बुधबार १६:१३:००

समाजावादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले संविधान संशोधनको मुद्दा सुरुदेखि नै उठाएको बताएका छन् । पार्टीले गरेको पत्रकार सम्मेलनमा उनले आफू पूर्व माओवादीमा हुँदादेखि नै संविधान संशोधनको पक्षमा रहेको बताए । 

पहिचानमा आधारित संघीयता, शासकीय स्वरुप, नागरिकताको विषय, महिलाहरूको विभेदका विषयहरु पार्टीकाे मुद्दा भएको अध्यक्ष भट्टराईले बताए । ‘सरकारमा हुँदा संविधान संशोधन गर्न सडकमा उत्रिन नहुने भएपछि संसद र छलफलबाट कुरा अगाडि बढाउनु पर्छ भन्ने थियो, अब उहाँहरुले नै बाटो खोलिदिनु भएकाे छ, अब सडकमा जान्छौँ,’ उनले भने ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्षले संविधान संशोधन गर्नुपर्छ भनेर सहमति पत्रमा हस्ताक्षर गर्ने तर सरकारका प्रवक्ताले कसैको सपना पूरा हुँदैन भन्नु उपयुक्त नभएको अध्यक्ष भट्टराईले बताए । उनले सरकार निरंकुशतातर्फ जाँदै गरेको आरोप लगाएका छन् । सरकारी सम्पत्ति र राजदरबारबाट खोसेको सम्पत्ति कौडीको मूल्यमा दिएर सरकारले राष्ट्रघात समेत गरेकाे उनकाे भनाइ थियाे ।

तस्बिर : अमुल थापा