मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ पौष ९ बुधबार १३:०६:००
Read Time : < 1 मिनेट
समाचार

डिआईजीको जागिर अबधि ६ वर्ष बनाउन सशस्त्र प्रहरी नियमावली संशोधनको दवाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ पौष ९ बुधबार १३:०६:००

सशस्त्रका केही डिआईजीले जागिर अवधि ६ वर्ष बनाउन सशस्त्र प्रहरी नियमावली संशोधन गराउने चलखेल अघि बढाएका छन् । 

सेवा अबधि ५ वर्ष पुरा गरेर अवकाश पाउन लागेका सशस्त्र प्रहरीका तीन नायब महानिरीक्षक (डिआइजी)ले शक्तिकेन्द्र मार्फत यस्तो नियमावली संशोधन गराउन दबाब दिएका हुन् । 
डिआईजीहरु सुरज श्रेष्ठ, बाबुराम पाण्डे र अरबिन्द्र धितालले नियमावली संशोधन गरेर आफ्नो जागिर लम्ब्याउन खोजेका हुन् । डिआईजीको पाँच वर्षे पदावधिका कारण आगामी साता उनीहरुले अनिवार्य अवकाश पाउँदैछन् । नियमावलीमा डिआईजीको पदावधि पाँचबाट ६ वर्ष बनाएर उनीहरुले जागिर लम्व्याउन खोजेका हुन् । 

यसले संगठनलाई असर पार्ने भन्दै गृह मन्त्रालयका अधिकारीहरुले प्रस्ताव अघि बढाउन मानेका छैनन् । तर, नेतालाई भनसुन गरेर नियमावली संशोधन प्रस्ताव अघि बढाउन उनीहरले गृह मन्त्रालयका अधिकारीलाई दबाब दिइरहेका छन् । 

व्यक्तिका लागि नियमावली संशोधन गर्दा गलत नजिर बस्ने र तल्लो तहका प्रहरीको करिअरमा  असर पर्ने भन्दै गृहका अधिकारीले यस्तो प्रस्ताव अघि बढाउन नहुने बताएका छन् ।