१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कुलबहादुर गुरुङ, कांग्रेस नेता
रमेश दवाडी 
२०७६ पौष ९ बुधबार १०:३९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

दीर्घायु सूत्र : नियमित व्यायाम र सकारात्मक सोच

Read Time : < 1 मिनेट
रमेश दवाडी 
२०७६ पौष ९ बुधबार १०:३९:००

मेरो जन्म वि.सं. १९९० मंसिर ८ गते इलाममा भएको हो । ८६ वर्षको उमेरमा पनि मेरो सम्पूर्ण जीवन पार्टी, राजनीतिमै बितिरहेको छ । जेलनेल गर्दागर्दै यहाँसम्म आइपुगेको हुँ । पहिला दम थियो, अहिले निको भएको छ । अहिले डाइबिटिज छ । मेरो मुटुमा दुईवटा स्ट्यान्ड लगाइएको छ । यसले गर्दा म खानपानमा निकै सतर्क छु । 

बिहान छिटो उठ्छु । पहिले पहिले बिहान ३ बजे नै उठ्थेँ । अहिले ४ बजे उठ्छु । उठेर मुख धुन्छु, हल्का व्यायाम गर्छु । पहिले पूजापाठ पनि गर्थें, अहिले छाडेँ । मर्निङवाक जान्नँ । काठमाडौंमा मर्निङवाक गर्ने ठाउँ नै छैन । घरवरिपरि भए पनि कहिलेकाहीँ हिँड्थेँ । हिजोआज त्यो पनि छाडेको छु ।

बेलुका ७ बजे खाना खाइसक्छु र लगभग साढे ९ देखि १० बजेभित्रमा सुतिसक्छु । छिटो सुतेर छिटो उठ्ने मेरो पुरानै बानी हो । यसले शरीरलाई फुर्तिलो बनाउँछ । साढे ६ बजे साधारण ब्रेकफास्ट खान्छु । चिया त हामी गुरुङहरूको पुस्तेनी नै भयो, खाइहाल्छौँ । बिस्कुट खान्नँ ।

८६ वर्षको भएँ । पहिले बिहान ३ बजे नै उठ्थेँ, अहिले ४ बजे उठ्छु । हल्का व्यायाम गर्छु ।

शाकाहारी खाना खान्छु । खाना खाइसकेपछि आराम गर्छु । च्यवनप्राश खान्छु । दूधसँग चना, गहुँ, मकै, भटमास आदि मिसाएर बनाइएको पिठो खान्छु । सकेसम्म धेरै फलफूल खान्छु । चिल्लो कम भएका खाना खान्छु । खाजामा प्रायः भुटेको मकै, रोटी र टोस्ट खान्छु । बेलुकाको खानामा कहिले रोटी, कहिले भात हुन्छ । लामो आयु जिउन खानपानमा विशेष ध्यान दिनुपर्ने रहेछ । धूम्रपान, मद्यपान गर्नुहुँदैन । यदि बानी छ भने पनि तत्काल त्याग्नुस्, यसले राम्रो गर्दैगर्दैन । शारीरिक व्यायाम र सकारात्मक सोच आवश्यक छ ।