मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ पौष ९ बुधबार १०:१५:००
Read Time : < 1 मिनेट
प्रदेश

लापरबाही गर्ने शिक्षकलाई कारबाही गरिने

Read Time : < 1 मिनेट
२०७६ पौष ९ बुधबार १०:१५:००

सामुदायिक विद्यालयमा नियमित नपढाउने शिक्षकलाई कपुरकोट गाउँपालिकाले कारबाही गर्ने भएको छ । गाउँपालिकामा रहेका अधिकांश सामुदायिक विद्यालयमा पठनपाठन प्रभावकारी नभएको गुनासो बढेपछि नियमित नआउने शिक्षकलाई कारबाही गरिने भएको हो । 

पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा अनुगमन गरिने तथा शिक्षकहरू नियमित उपस्थित नभएको पाइएमा कारबाही गरिने पालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले पालिकाभित्रका सबै सामुदायिक विद्यालय अनुगमन गर्ने र शिक्षकका कारण पठनपाठन प्रभावित भएको पाइएमा कारबाही प्रक्रिया अगाडि बढाउने बताए । 

अनुगमन गर्न वडाध्यक्ष, विषयगत कार्यालयका प्रमुखलाई निर्देशन दिँदै पालिकाभित्र हुने हरेक गतिविधिको निगरानी र अनुगमन गर्न आग्रह गरे । खासगरी अभिभावक र विद्यालय व्यवस्थापन समितिबाट विद्यालयको अनुगमन र शैक्षिक गुणस्तर वृद्धिमा पहल हुनुपर्ने बताउँदै अध्यक्ष सेनले जिम्मेवारी पूरा नगर्ने प्रधानाध्यापक तथा शिक्षकलाई कारबाही गर्ने चेतावनी दिए ।

अध्यक्ष सेनले हरेक वडाका जनप्रतिनिधिलाई जिम्मेवारी बाँडफाँड गरिदिएर शिक्षा, कृषि, स्वास्थ्यलगायत क्षेत्रको अनुगमन गर्ने व्यवस्था तत्काल मिलाउन वडाध्यक्षलाई निर्देशन गरिसकेको बताए । शिक्षक नियमित नहुँदा कोर्स पूरा नभएको, विद्यालयका शौचालय फोहोर भएको, जडान गरिएको इन्टरनेटको दुरुपयोग भएको छ भने बालबालिका गुणस्तरीय शिक्षा पाउनबाट वञ्चित भएको अभिभावक तिलप्रसाद शर्माले गुनासो गरे ।