मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ पौष ९ बुधबार ०७:४९:००
Read Time : < 1 मिनेट
अर्थ

नेपाल भ्रमण वर्ष २०२० को  प्रवर्द्धनमा अप्रिलिया राइड

Read Time : < 1 मिनेट
२०७६ पौष ९ बुधबार ०७:४९:००

सयभन्दा बढी राइडरले गरे स्कुटरमार्फत चित्लाङ यात्रा

नेपालका लागि पियाजियोको भेस्पा र अप्रिलिया टु ह्विलर्सका आधिकारिक विक्रेता एमभी दुगड ग्रुपअन्तर्गतको दुगड ब्रदर्स एन्ड सन्स प्रालिले राइड टु चित्लाङ २०१९ सम्पन्न गरेको छ । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्ने उद्देश्यले नक्सालस्थित अप्रिलियाको सोरुमबाट सुरु भएको यात्रा चित्लाङको अर्गानिक भिलेज रिसोर्टमा पुगी समापन भएको थियो । यात्रामा सयजनाभन्दा बढी अप्रिलिया राइडर सहभागी थिए ।

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भका लागि नेपालको प्राकृतिक रमणीय स्थलमध्ये एक मानिने चित्लाङ गाउँको प्रवर्द्धनका निम्ति कार्यक्रम आयोजना गरिएको बताइएको छ । नेपालको टु ह्विलर्सको इतिहासमा सम्भवतः पहिलोपटक सयजनाभन्दा बढी क्रेतालाई नाइट आउट राइडमा लगिएको कम्पनीको दाबी छ । 

कार्यक्रमका अवसरमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरी विजयीलाई पुरस्कृतसमेत गरिएको थियो । कम्पनीका भाइस प्रेसिडेन्ट विजयकुमार महतोले कार्यक्रम सफल पार्ने सम्पूर्ण राइडरलाई धन्यवाद दिँदै आगामी दिनमा देशका विभिन्न अन र अफ रोड थप साहसिक अप्रिलिया राइडका अन्य कार्यक्रम गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।