मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका भरतपुर
२०७६ पौष ९ बुधबार ०६:३३:००
Read Time : < 1 मिनेट
प्रदेश

सेनाको स्वास्थ्य शिविरमा आठ सयले लिए सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका भरतपुर
२०७६ पौष ९ बुधबार ०६:३३:००

भरतपुर महानगरपालिका वडा नम्बर २८ मा नेपाली सेनाले दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सरस्वती उच्च मावि जितपुरमा चलाइएको शिविरमा आठ सयजनाले सेवा लिएका छन् ।

भरतपुर महानगरमै पर्ने भए पनि केही ओझेलमा परेको यस स्थानमा कुमाल र थारू जातिको बढी बसोवास छ । स्वास्थ्य केन्द्रसमेत नरहेको यस क्षेत्रका बासिन्दालाई लक्षित गरी चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत नेपाली सेनाको बटुकदल गण र नम्बर ७ फिए गुल्मले एकीकृत जनस्वास्थ्य शिविर चलाएको थियो ।

शिविरमा महानगरपालिकाभित्रका विभिन्न संघ–संस्थाले पनि सहयोग गरेका थिए । बटुक दल गणका निमित्त गणपति सेनानी बलबहादुर गहा मगरले दुई दिनमा चार सय ६५ जना महिला र तीन सय ३० जना पुरुषसहित सात सय ७५ जनाले निःशुल्क सेवा लिएको जानकारी दिए । 

शिविरमा नेपाली सेनाका एक दर्जनभन्दा बढी र जनस्वास्थ्य कार्यालय चितवनका स्वास्थ्यकर्मी परिचालन गरिएका थिए । शिविरमा चार दर्जनभन्दा बढी प्रकारको औषधि निःशुल्क उपलब्ध गराएको थियो । भरतपुर महानगरपालिकाको २८ र २७ वडाबाट आएका बिरामीहरूले शिविरमा क्षयरोग तथा औलोरोगसम्बन्धी परीक्षण, नाक, कान, घाँटी, दाँत, आँखा, छाती, गाइनो, छालासँगै महिलाहरूले पाठेघरको मुखको क्यान्सरको जाँचसमेत गरेका थिए ।